तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २ मंसिर । नेपाल मजदुर किसान पार्टीका एक कर्तव्यनिष्ठ महिला कार्यकर्ता एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. ९ एकाइ समितिकी अध्यक्ष सन्तेमाया गाइँजूको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै सोमबार उहाँप्रति श्रद्धासुमन चढाउन श्रद्धाञ्जली सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले गाइँजू व्यक्तिगत र पारिवारिक समस्या देखाएर पार्टी सङ्गठनको कामबाट नपन्छिने कर्तव्यनिष्ठ कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले समाज र पार्टीको निम्ति निरन्तर खट्ने कार्यकर्ताको निधनले सबैलाई दुखित बनाएको तर शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।
साविक भनपा वडा नं. ३ का वडाध्यक्ष कृष्णभक्त लवजूले वडा सदस्यका रूपमा गाइँजूले सक्रियतापूर्वक वडावासीको सेवा गरेको स्मरण गर्नुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय एकाइ समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको सभामा भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, स्थानीय नातिभाइ ह्योम्बा, भनपा कार्यपालिका सदस्य छोरीमैया सुजखू (प्रजापति), नेक्रामसङ्घकी तारादेवी धन्छालगायतले गाइँजूको योगदानबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply