तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ मंसिर । विद्यार्थी हित समिति भक्तपुर, जिल्ला समितिको आयोजनामा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमणको विरुद्ध विरोध जुलुस तथा सभा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैँजूले भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउन नेपाल सरकार अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताउनुभयो । उहाँले नेकपाको सरकार भारतीय विस्तारवादको दलाल सरकार भएको स्पष्ट पार्नुभयो ।
उहाँले देशले दुःख पाइरहेको बेला विद्यार्थीहरू सङ्घर्षको मैदानमा खटिनुपर्ने बताउँदै वि.सं. २०१८ मै लिम्पियाधुरामा जनगणना गर्नु नै महत्वपूर्ण प्रमाण भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतको विस्तारवादी नीतिका कारण छिमेकी देशहरूले दुःख पाइरहेको बताउँदै भारतले नेपालको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेकोमा विरोध गर्नुभयो ।
उहाँले नेक्राविसङ्घ स्थापना कालदेखि नै सार्वभौमिकता र स्वाधिनताको पक्षमा सङ्घर्षरत रहेको बताउँदै भारतीय विस्तारवादविरुद्ध निरन्तर लडिरहने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ १३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजूले विद्यार्थीहरू राजनैतिकरूपमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका सचिव विनिशा लवजूको सभापतित्वमा भएको सभामा भक्तपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति दिनेश खड्गी, सुजी हेंग्वोलगायतले बोल्नुभएको थियो ।
दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, दरबारस्क्वायर, तेखापुखु, भार्वाचो हुँदै टौमढीमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुरका सामुदायिक विद्यालयका हजारौँ विद्यार्थीको उपस्थिति थियो ।
Leave a Reply