क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– गोपाल नगरकोटी
केपी ओलीको नेतृत्वमा रहेको सरकारको मन्त्रिमण्डल बुधबार हेरफेर भयो । मन्त्रिमण्डलमा केही नयाँ मन्त्रीहरू आए र केही पुराना मन्त्रीहरू गए । नेकपाको सचिवालय बैठकले गरेको मन्त्रिमण्डलको हेरफेरमा केही मन्त्रीहरू खुसी भए केही पूर्वमन्त्रीहरूले असन्तोष व्यक्त गरे । मन्त्रिमण्डल योग्य र सक्षमभन्दा नेताका आ–आफ्ना नजिकका नेताहरू मन्त्री छानिएको गुनासो पनि सञ्चारमाध्यममा आयो । सक्रियतापूर्वक लागिरहेका मन्त्रीहरू हटाएको कारण पूर्वमन्त्री गोकर्ण विष्ट सन्तुष्ट भएनन् । नेकपाका नेताहरू भीम रावल र प्रभु शाहले त मन्त्रिमण्डल हेरफेरको खुलमखुला विरोध गरे । सूर्यको चुनाव चिह्न लिएर स्वतन्त्र बनेका हृदयेश त्रिपाठीलाई मन्त्री बनाइएकोमा नेकपाका नेताहरू असन्तुष्ट देखिए ।
एमालेभित्र विगतमा एउटा जिम्मेवार नेता हराएर अर्काे जिम्मेवार नेतालाई प्रम बनाइएको इतिहास छ । वरिष्ठ नेता माधवकुमार नेपाल हटाएर अर्का नेता झलनाथ खनाललाई प्रम बनाइएको घटनाले एमालेभित्र नेताहरूबीच असन्तोषको दूरी बढाएको थियो । माधव नेपालको मनमा परेको त्यो चोट एकैबाजी निको हुने स्थिति छैन । पद र पैसाको निम्ति राजनीति गर्ने दलमा यस्ता घटनाहरू बारम्बार दोहोरिरहन्छन् । मन्त्रिमण्डलमा दुई अध्यक्ष र अन्य नेताहरूको भागबण्डा देखियो । त्यही भागबण्डाको कारण महिला तथा बालबालिका मन्त्रीमा पुरुष मन्त्री बने । नेकपाका नेताहरूमा देखिएको असन्तोषमा थप गरिएका मन्त्रीहरूमा कुनै महिला नपर्नु पनि हो ।
यो मन्त्रिमण्डलको हेरफेर सुखी नेपाली र समृद्ध नेपाल बनाउन होइन, आफ्ना सांसदहरूलाई पालैपालो कमाउन दिने मनसायले गरेको देखिन्छ । मन्त्रीहरू हेरफेर गरेर समृद्ध नेपाल बन्दैन । समृद्ध नेपाल बनाउने काम कुनै एक मन्त्रीले गर्ने होइन । सुखी नेपाली र समृद्ध बनाउने आधार मन्त्रिमण्डल हेरफेर होइन । समृद्ध नेपाल बनाउने आधार पार्टीको सिद्धान्त र विचार हो, दलको सिद्धान्त र विचारका आधारमा बनाइएको सरकारी नीति तथा कार्यक्रम हो । तर नेकपाले सिद्धान्तको आधारमा राजनीति गरिरहेको छैन या कम्युनिस्टको सिद्धान्त र आचरणअनुसार काम गरिरहेको छैन । यसकारण मन्त्रिमण्डल हेरफेर जनताको नजरमा सि· न पुच्छर हुनेमा शङ्का छैन ।
Leave a Reply