भर्खरै :

आधारभूत तह (कक्षा ८) परीक्षा समिति २०७६ गठन

भक्तपुर, ६ कार्तिक : नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन समन्वय तथा आवश्यक व्यवस्था गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेम गोपाल कर्माचार्यको अध्यक्षतामा आठ सदस्यीय आधारभूत तह परीक्षा समिति २०७६ गठन गरेको छ ।
उक्त समितिमा अध्यक्षमा प्रेम गोपाल कर्माचार्य, सदस्यहरुमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक परीक्षा समितिका गंगाधर हाडा, संयुक्त परीक्षा समितिका पुष्पलाल सुजखु, प्याब्सनका रमेशचन्द्र श्रेष्ठ, एनप्याब्सनका पुण्यराम कवां, इसानका कृष्णराम त्वानाबासु रहनुभएको छ ।
समिति गठनपश्चात नगर प्रमुख सुनिल प्रजापतिले सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो भने उक्त कार्यक्रममा प्रमुख प्रजापतिले परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासित रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
संविधानले माध्यमिक तह कक्षा १२ सम्मको परीक्षा व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिइसकेको सन्दर्भमा एसईई लगायत कक्षा ११ र १२ को परीक्षा पनि नगरपालिकाबाट सञ्चालन गर्नु परेमा नगरपालिका तयार रहेको जानकारी गराउनुहुँदै उहाँले कक्षा ८ को आधारभूत तहको परीक्षा सफल रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *