कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
भक्तपुर, ६ मंसिर । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘हजुरबुबाका चिठ्ठी’ शुक्रबार यहाँ एक कार्यक्रमबीच सार्वजनिकीकरण गर्नुभयो ।
उक्त सार्वजनिकीकरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् लेखक नारायणमान बिजुक्छेँ (रोहित) ले साहित्यिक विधामार्फत नयाँ पुस्तालाई मार्गनिर्देश गर्ने उद्देश्यले ‘हजुरबुबाका चिठ्ठी’ कृति लेखेको बताउनुभयो । हरिबहादुर श्रेष्ठ अध्यक्ष बिजुक्छेँको साहित्यिक नाम उपनाम हो ।
आफू समालोचनाको आकाङ्क्षी भएको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “साहित्यमा समालोचना आवश्यक छ, समालोचनाले गल्ती सुधार्ने मौका पाउँछ, कृतिबारे आलोचना गरेर उत्प्रेरणा दिने समीक्षकहरू धन्यवादका पात्र हुन् ।”
देश छोडेर विदेशमा दुःख गरेर सिकेको अनुभव आफ्नै देशमा लगाउने, आफ्नै मातापिता, हजुरआमा, हजुरबुबा र आफ्नै जनताको सेवा गर्दा आत्मसन्तोष हुने विचार व्यक्त गर्दै उहाँले आफ्नै जन्मभूमिमा बसेर श्रम, समय र पसिना बगाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
चिठ्ठी, नाति–नातिनाको लागि मात्र होइन विदेशमा काम गर्ने र अध्ययन गर्ने लाखौँ युवा–युवतीलाई आफ्नो देश र जनताप्रति नभुल्न र स्वदेश फर्केर देश र जनताको सेवा गर्न उत्प्रेरणा गर्ने उद्देश्यले चिठ्ठी लेखेको उहाँको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले अरूको दासतामा हिँड्ने सबै नेपालीहरूलाई ध्यानाकर्षण गर्दै हजुरबुबाका चिठ्ठी लेखेको विचार व्यक्त गर्नुभयो ।
विदेश पठाउने काममा सत्तारुढ दलका नेताहरू नै दोषी भएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले नयाँ पुस्तालाई सत्मार्गमा लैजान राष्ट्रिय–अन्तर्राष्ट्रिय समस्या केलाएर लेखक हरिबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरेको बताउनुभयो ।
वरिष्ठ समालोचक राजेन्द्र सुवेदीले हरिबहादुर श्रेष्ठको यो पत्र लेखन (चिठ्ठी) नयाँ पुस्तालाई सन्देश दिने परिपक्क कृति हो, आफ्नो देश, समाज र परिवार छोडेर विदेश पसेका नयाँ पुस्तालाई स्वदेश फर्केर देश र जनताको सेवा गर्न अभिप्रेरित गर्ने कृति हो भन्नुभयो ।
देशको समृद्धि हराइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विदेश छिरेर डलर कमाएर देश समृद्ध बन्दैन, देश समृद्ध बनाउन स्वदेशमै इमानदारीपूर्वक काम गर्नुपर्छ । साँच्चै समृद्धि ल्याउने बाटो देखाइदिनु नै चिठ्ठीको केन्द्रीय सार हो ।”
सत्तासीन दलका नाता–कुटुम्ब जोडेर नैतिक मोडेलको देश नबन्ने औँल्याउँदै उहाँले समाजमा गलत संस्कार र परिस्थिति निम्त्याउने कामको हरबखत खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो ।
खतरनाक पुस्ताको जिम्मेवारीमा सरकारको नेतृत्व पुगे भोलि देशले नसोचेको दुर्घटना हुनसक्नेतर्फ औँल्याइएको कृतिले पछि निम्तिने जङ्क जीवन र जङ्क संस्कृतिप्रति लेखकले खबरदारी गरेको उहाँले बताउनुभयो ।
जीवनीकार लेखक नरेन्द्र प्रसाइँले देश र राष्ट्रियता जोगाउने अभियानमा नेमकिपा लागिरहेको उल्लेख गर्नुभयो ।
नेपाली भएर नेपालको नाउँ र झन्डा फेर्न अघि सर्ने नेताहरू रहेको यो देशमा विदेश मोहमा फसेर नेपाल र नेपाली भुल्ने नयाँ पुस्ताको लागि यो कृति समय सन्दर्भ मिलेको उहाँले चर्चा गर्नुभयो ।
कवयित्री इन्दिरा प्रसाइँले उपयोगी, पढ्नैपर्ने यो कृति तीतो भए पनि औषधिको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कृतिको अन्तरक्रिया गरेर सकारात्मक र कमी–कमजोरी पक्ष केलाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
जनलेखक सङ्घका अध्यक्ष लक्ष्मण जोशीले सबै चिठ्ठीको सङ्क्षिप्त चर्चा गर्दै विदेशमा बसेर स्वदेशीलाई होच्याउने प्रवृत्तिको निन्दा गर्नुभयो ।
समाज र देश चिनाउने, देश र समाजप्रति समर्पित बनाउने र जनताको हित समाजवादी व्यवस्थामा मात्र हुने र सबै विषय पैसामा तौलन नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इँले नयाँ पुस्तालाई मार्गनिर्देश गर्न र असल नागरिक तयार गर्न पुस्तक उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
आमूल परितर्वनको निम्ति आधारशिला तयार गर्न कृति सहयोगी हुने विचार व्यक्त गर्दै उहाँले देश सङ्कटको भुमरीमा फसिरहेको बेला कृतिले देशको अस्मिता जोगाउने कार्यमा थप बल मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कवि एवम् शिक्षक हरिहर तिमिल्सिनाले यो पुस्तक पत्र साहित्यमात्र होइन नेपाली साहित्यको गहन कृति हो भन्नुभयो ।
नेपाली भूमि छिमेकी देश भारतको चेपुवामा परिरहेको बेला यो कृति आम नेपाली जनतालाई मन्त्र, दीक्षा दिने, पथ प्रदर्शन गर्ने र उपदेश दिने गतिलो हतियार हो भन्नुभयो ।
व्यक्तिगत र दलगत स्वार्थले घेरिरहेको यो समाजमा प्रविधिसँग हुर्किरहेका सन्तानलाई असल संस्कारको खाँचो रहेको औँल्याउँदै उहाँले फोहोरको राजनीतिमा पौडिरहेका नेताहरूप्रति चिठ्ठीले कटाक्ष गरी नयाँ पुस्तालाई असल मार्गमा हिँडाउने विचार बोकेको छ भन्नुभयो ।
गलत र आडम्बर संस्कृतिको शिकारमा परेका पुस्ता र नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बनिरहेको चिन्ता व्यक्त गर्दै उहाँले कृतिमा गरिबी, अभावमात्र होइन सुन्दर नेपालको परिकल्पना समाजवादले पूरा गर्ने आशावादी विचार पनि कृतिमा रहेको उल्लेख गर्नुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा इसानका पुरूषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply