कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
भक्तपुर ६ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाको विषय जटिल बन्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भारतले मिचेको सीमा अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्र सङ्घमा बेलैमा लैजानुपर्नेमा जोड दिँदै सरकारले ३५ दिनभित्र यो विषय उक्त स्थानमा लानुपर्ने बताउनुभयो ।
भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर आफ्नो बनाए पनि कुनै ठोस पहलतर्फ नलागेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सरकार भारतसँग कुनै न कुनै बहानामा आलताल हुँदै म्याद नाघेमा भारतको हात माथि पर्ने छ भन्नुभयो ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस विषय जानकारी दिएमा जनताले सत्य–तथ्य थाहा पाउने थियो ।”
“सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु जनतालाई भ्रममा पार्नु हो, यसबारे शीर्ष नेताहरू अन्यौलमा छन् । गाउँपालिका र नगरपालिकालाई दिएको अधिकार फेरि केन्द्रले खोसेको छ ।”, अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “झन्डै दुई वर्ष काम गरिसकेको सरकारले ठोस उपलब्धि हासिल गर्न नसक्नुको कारण दलगत भागबन्डा हो, योग्यताअनुसारको मन्त्री पद दिएको भए गल्तीभन्दा उपलब्धि बढी हुने थियो ।”
उहाँले सरकारको अदूरदर्शी सोचकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभयो ।
उहाँले चीनले सीमा नमिचेको दाबी गर्नुभयो । चीनले सीमा मिचेको विषय हल्लामात्र भएको बताउँदै अध्यक्ष बिजुक्छेँले असल छिमेकीको भूमिका खेलिरहेको चीनसँगको कूटनीतिक सम्बन्ध विस्तारमा सरकार गम्भीर हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “कूटनीतिको नाममा देशको स्वतन्त्रता र सार्वभौमिकतामा आँच आउने गरी ‘हिन्द–प्रशान्त गठबन्धनमा’ पस्नु देश र जनताको अहित हुने निश्चित छ ।”
Leave a Reply