भर्खरै :

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो

मध्यपुर, १० मंसिर । प्राइम आल्मुनाई एसोसियसनको आयोजनामा भारत अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले वि.सं. २०१८ सालमा त्यस स्थानमा जनगणना हुनु, त्यहाँका जनताले नेपालको सरकारलाई कर तिर्नु, जग्गाको लालपूर्जा नेपाली हुनुलगायतका प्रमाणले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको बताउनुभयो ।
उहाँले नेपाल सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी भारतलाई दबाब दिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने औँल्याउनुभयो ।
उहाँले नेकपाको सरकार भारतीय विस्तारवादको दलाल भएकोले ती क्षेत्र दाबी गर्न डराएको बताउँदै देशभक्त जनताले सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्राइम एकेडेमीका प्रधानाध्यापक कर्णबहादुर प्रजापतिले देशको सार्वभौमिकता जोगाउन शिक्षकहरूले विद्यार्थीहरूलाई सचेत पार्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रुकेश बाडेको सभापतित्वमा भएको सो कार्यक्रममा सचिव रुपिका बुढा श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *