नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले सूर्यविनायकनपा वडा नं. १० खड्का गाउँका स्थानीय बासिन्दासँग बुधबार भेटघाट गर्नुभयो ।
भेटमा सांसद थापामगरले सरकारले जन्मदेखि मृत्युसम्मको दायित्व लिनुपर्नेमा सरकारमा बसेका पार्टीहरूको बेवास्ताको कारण समस्या बढ्दै गइरहेको बताउनुभयो ।
नागरिककै कर सड्ढलन गरी भरेको राज्यको ढुकुटी पूर्वपदाधिकारी र मन्त्रीहरूको नाममा खर्च बढिरहेको छ । नेमकिपा देशको आधा बजेट स्थानीय तहमार्फत खर्च गर्ने व्यवस्थाको लागि लडिरहेको छ, उहाँले भन्नुभयो ।
सक्षम र इमानदार नेतृत्वले मात्र स्थानीय जनताको समस्या केलाएर सम्बोधन गर्ने हुँदा अबको निर्वाचनमो त्यस्तै उम्मेदवारलाई मत दिनुपर्ने विचार सांसद थापामगरले राख्नुभयो ।
स्थानीय कृष्णहरि खड्काले टोलको बाटो, यातायात, विद्यालयको समस्याबारे सांसद थापामगरलाई जानकारी गराउनुभएको उक्त कार्यक्रममा नेमकिपाका सूर्यविनायकका संयोजक सूर्यभक्त त्वातीको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply