नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
संयुक्त राष्ट्रसङ्घ, १० मंसिर (सिन्ह्वा) । बोलिभियामा भएको पछिल्लो शान्तिपूर्ण राजनीतिक विकासक्रमलाई सकारात्मक भन्दै संयुक्त राष्ट्रसङ्घले यस घटनाको स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले यहाँ विकसित राजनीतिक विकासक्रमको स्वागत गर्नुभएको र यसलाई सकारात्मक भनी प्रतिक्रिया दिएको प्राप्त समाचारमा जनाइएको छ ।
यहाँको अन्तरिम सरकार र विपक्षी दलले यहाँको राजनीतिक सङ्कटको समाधानका लागि शान्तिपूर्ण तथा प्रजातान्त्रिक माध्यमबाट बाटो खोजिरहेकोमा आफूलाई खुसी लागेको उहाँले बताउनुभएको छ ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसद्ले नयाँ निर्वाचनको प्रस्ताव हालै गरेको थियो । यहाँको संसद्ले गत शनिबार पारित गरेको कानुनबमोजिम नयाँ निर्वाचनको बाटो खुलेको बताइएको थियो ।
बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनःचांैथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसलाई यहाँका दक्षिणपन्थी विपक्षीले स्वीकार नगरेपछि राजनीतिक सङ्कट आएको हो । मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलावद्ध विरोध प्रदर्शन जारी रहेका र राष्ट्रपति मोरालेसको राजीनामापछि उहाँका समर्थकले उहाँलाई पुनःस्थापित गर्न माग गरेपछि राजनीतिक अस्थिरता आएको हो । विरोध प्रदर्शनमा दमन हुँदा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले जतिसक्दो चाँडो निर्वाचनका लागि पहल गर्न र विपक्षी सबै दलसमेतको समर्थन र सहमतिका आधारमा आमनिर्वाचन सम्पन्न गर्न पनि शुभकामना दिनुभएको बताइएको छ ।
महासविच गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा हाल बोलिभियामा विकास भइरहेको प्रजातान्त्रिक पद्दति र यसका माध्यमबाट जारी रहेको निर्वाचन गराउने प्रक्रियाको महासचिव गुटेरेसले स्वागत गर्नुभएको बताइएको छ ।
राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उहाँका समर्थकले भने प्रदर्शन रोक्न मानेका छैनन् ।
विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गर्नुभएको थियो । सेनाको अर्वेध दबाबमा मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गर्नुभएको हो । त्यसपछि मेक्सिकोमा रहनुभएको छ ।
निर्वाचन आयुक्त नियुक्त
यसैबीच अर्काे समाचारअनुसार यहाँको अन्तरिम सरकारले प्रस्ताव गरेको आमनिर्वाचन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन आयुक्तहरु नियुक्त गरेको छ ।
सरकारले सोमबार नियुक्त गरेका प्रमुख निर्वाचन आयुक्त साल्भाडोर रोमेरो निर्वाचनका क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा रहनुभएको छ । उहाँले यसअघि पनि यहाँको निर्वाचन आयुक्तका रूपमा काम गरिसक्नुभएको अनुभव रहेको बताइएको छ । उहाँले सन् २००६ देखि २००८ सम्म बोलिभियाको प्रमुख निर्वाचन आयुक्तका रूपमा काम गरिसक्नुभएको छ । त्यसपछि उहाँ संयुक्त राष्ट्रसङ्घमा काम गर्नुभएको थियो ।
यो नियुक्ति यहाँको कार्यकारी सरकारको अधिकारको प्रयोग गरेर नै भएको छ । यस नियुक्तिको विपक्षी तथा मोरालेसको राजनीतिक दलका सदस्यले पनि विरोध गरेका छैनन् । यो नियुक्तिसँगै यहाँको सरकारले नयाँ निर्वाचनको प्रक्रियाको थालनी गरिसकेको बुझिएको छ ।
Leave a Reply