क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
पेइचिङ, २६ नोभेम्बर (सिन्ह्वा) । संरा अमेरिकी तल्लो सदन हाउस अफ कङग्रेसले केही दिन अघि सन् २०१९ हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गरेकोमा त्यसलाई चीनको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै चीनले विरोध र निन्दा गरेको छ । चिनियाँ समाचार समिति सिन्ह्वामा एक टिप्पणी प्रकाशित गरी चीनले अमेरिकी कदमको कडा खण्डन गरेको छ ।
टिप्पणीमा अगाडि भनिएको छ – हालै अमेरिकी काङ्ग्रेसले तथाकथित सन् २०१९ हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गरेको छ जसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी हिंसात्मक अपराधलाई समर्थन गरेको छ । चीनले त्यसको कडा विरोध र निन्दा गरेको छ । हाल हङकङसमक्ष मानव अधिकार र प्रजातन्त्रको समस्या देखापरेको होइन तर तत्काल भने हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्नुपर्छ । अमेरिकी प्रभूत्ववादी गतिविधि कानुन र न्यायको बेवास्ताका साथ जनमतको मागविपरीत रहेकोले पक्कै विफल हुनेछ ।
हिंसात्मक गतिविधि अन्तर्राष्ट्रिय समुदायको सार्वजनिक शत्रु हो भने हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्नु अन्तर्राष्ट्रिय समाजको मतैक्यता हो । अमेरिकामा भएको वालस्ट्रिट कब्जा आन्दोलन होस् वा बेलायती लण्डनलगायत क्षेत्रमा भएको ठूलो दङ्गा होस् दुई देशका सरकारले प्रहरी खटाएर कडा व्यवस्थापन गरेका थिए । हाल स्पेन, चिली सरकारले हिंस्रकलाई पक्राउ गरेका छन् । जसबाट हिंसात्मक गतिविधि र डामाडोल परिस्थिति रोक्नु नै विश्वको सामान्य सत्य हो भन्ने कुरा प्रमाणित भएको छ ।
हङकङ गतिविधिको पाँच महिना यता हिंस्रकका अनेकौँ हिंसात्मक आपराधिक गतिविधिले कानुनी र सामाजिक व्यवस्थालाई गम्भीररूपमा क्षति पु¥याउनुका साथै हङकङको स्थिरता र समृद्धि खल्बल्याएको छ साथै एक देश दुई व्यवस्था नीतिको ‘बटम लाइन’मा चुनौती पैदा गरेको छ । अर्कोतिर हङकङ प्रहरीले कानुनबमोजिम व्यवस्थापन गरी संयमता कायम राखिरहेका छन् । तर, अमेरिकाले पारित गरेको हङकङ विधेयकले कालो र सेतोलाई उल्टो बनाएर हिंस्रक र हिंसात्मक गतिविधिलाई गोप्यरूपमा सहयोग गरिरहेका छन् । जसबाट हङकङमा डामाडोल परिस्थिति निम्त्याउने र चीनको विकासलाई अवरूद्ध गर्ने लक्ष्य स्पष्टरूपमा देख्नसकिन्छ ।
ठूलो मात्राका प्रमाणबाट देख्नसकिन्छ –हङकङ गतिविधिको रहस्य बाह्य शक्ति र चीन तथा हङकङ विरोधीले मिलेर तयार गरेको हङकङ संस्करणको रङ्गीन क्रान्ति हो र अमेरिकाले हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गर्नु नै तीमध्ये निकै महत्वपूर्ण भाग हो ।
सहज कुरा के हो भने हाल हङकङ समाजको न्यायिक पक्षले खतरनाक गतिविधिमाथि झनै विरोध गर्दैछन् । केही अमेरिकीले हिंसात्मक अपराधीलाई समर्थन र हङकङ विषयमार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तुरून्तै रोक्नुपर्ने आग्रह गर्दैछन् । यदि नरोकेमा चीनले बलियो कदम चालेर जवाफी प्रहार गर्नेछ । हङकङलाई डामाडोल बनाउने कुनै पनि लक्ष्य सफल हुनेछैन ।
Leave a Reply