भर्खरै :

देशभक्ति बढाउन मादलमा मतदान

तुल्सीपुर । नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिले दाङ क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेश परियारलाई मादल चिन्हमा मतदान गर्न आह्वान गर्दै प्रचारप्रसारको क्रममा अन्तिम कोणसभा बुधबार दंगीशरण गाउँपालिकाको श्रीगाउँमा सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समिति संयोजक हरिसुन्दर वासीले कम्युनिष्टहरुको समाजवादी सिद्धान्तअनुसार शिक्षा, स्वास्थ्य निःशुल्क र रोजगारीको सुनिश्चितता नगरेकोले अहिले सरकारको नेतृत्व गर्ने पार्टी नक्कली कम्युनिष्ट पार्टी रहेको पुष्टि भएको दाबी गर्दै समाजवादउन्मुख जनताको प्रजातन्त्र स्थापना गर्ने नेमकिपाको संघर्षमा साथ दिनुहुन आह्वान गर्नुभयो ।
कालापानीबाट भारतीय सेना हटाउन र लिपुलेक लिम्पियाधुरा लगायत अतिक्रमित नेपाली भूभाग फिर्ता लिन सरकारले तत्काल भारत सरकारसँग औपचारिक प्रक्रिया बढाउनुपर्ने जोड दिंदै संयोजक वासीले काँग्रेसलगायत शासक दलहरुको कालापानीमा देखिएको ‘देशभक्ति’ मंसिर १४ को उपनिर्वाचनपछि पनि निरन्तर रहने कि नरहने भनी प्रश्न गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेश परियारले निर्वाचनमा जनता नै निसाफ दिने न्यायाधीश भएको हुँदा मतदाताहरुले बहकाउमा नलागीमा विवेक प्रयोग गर्नुपर्नेमा जोड दिंदै इमान्दार र देशभक्तिपूर्ण राजनीति अगाडि बढाउन नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वा गर्नुभयो ।
निर्वाचनको बेला शासक दलहरुले जनतालाई भेंडाबाख्रालाई जस्तै मोलटोल गरिरहेको चर्चा गर्दै उम्मेदवार परियारले चुनावमा पैसा खर्च गर्ने शासक दलहरुले बजारभाउ बढाएर कमिशनखोर, ठेकेदार र दलाल पुँजीपति वर्गलाई नै पोस्ने स्पष्ट पार्नुभयो ।
शासक दलहरुले पुँजीपति वर्ग र आफ्नै आसेपासेहरुलाई मात्र फाइदा हुने कानुन बनाइरहेको उल्लेख गर्दै उम्मेदवार परियारले प्रदेशसभामा देश र कामदार जनताको पक्षमा आवाज उठाउन नेमकिपालाई जिताउनुपर्ने जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *