पेइचिङ्ग, २९ नोभेम्बर (सिन्ह्वा) । चीनको विदेश मन्त्रालयले शुक्रबार एक वक्तव्य प्रकाशित गर्दै हङकङ मामिला चीनको नितान्त आन्तरिक मामिला भएको र त्यसमा चीनले कुनै पनि बाह्य धम्कीसमक्ष आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ ।
वक्तव्यमा अगाडि भनिएको छ – हाल अमेरिकाले तथाकथित हङकङका मानव अधिकार र प्रजातन्त्र विधेयकलाई कानुनको रूपमा हस्ताक्षर गरेको छ जसले हङकङ हिंसात्मक अपराधीलाई सार्वजनिकरूपमा समर्थन गरी हङकङ मामिला र चीनको आन्तरिक मामिलामा गम्भीररूपमा हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको अत्यन्त विपरीत गएको छ । हङकङलाई डामाडोल बनाउने र चीनको विकासलाई अवरूद्ध गर्ने अमेरिकाको खतरनाक लक्ष्य पनि स्पष्टरूपमा देखिएको छ । तर यसपटक अमेरिकाले गलत विचार गरेको छ किनभने कुनै पनि धम्कीले हङकङ देशबन्धुलगायत १.४ अर्ब चिनियाँ डराउने छैनन् ।
पाँच महिनायता हङकङमा ठूलो मात्रामा अवैधानिक हिंसात्मक गतिविधि चर्कंदै आएको छ र हङकङलाई अत्यन्तै जोखिमपूर्ण स्थितिमा ल्याएको छ । हङकङ हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्ने अवस्थामा अमेरिकाले तथाकथित हङकङ विधेयकलाई कानुनको रूपमा हस्ताक्षर गरी हिंस्रक प्रदर्शनकारीहरूलाई समर्थन दिएर हङकङको समृद्धि र स्थिरतालाई ध्वस्त बनाएको छ । यसको चीन सरकार चिनियाँ जनताले कुनै पनि हालतमा स्वीकार गर्दैनन् ।
लामो समययता अमेरिकाले हङकङ मामिलामा हस्तक्षेप गरिरहेको छ र चीन विरोधीसँग मिलेर हङकङलाई डामाडोल स्थितिमा ल्याउनेहरूमार्फत फाइदा उठाउन खोजिरहेको छ । नयाँ चीन स्थापना भएलगत्तै चिनियाँ जनताले एकताबद्ध भएर पश्चिमी मुलुकको बन्द र अवरूद्धमाथि जीत हासिल गरेका थिए । हङकङ मातृभूमिमा फर्केयता केन्द्रीय सरकारको ठूलो समर्थनमा हङकङले एसिया वित्तीय सङ्कटलगायत बाहिरी आघातलाई हटाएर दीर्घकालीन समृद्धि र स्थिरताको कायम राखेको छ । हाल केही अमेरिकीले तथाकथित हङकङ विधेयकलाई कानुनको रूपमा हस्ताक्षर गरे र चिनियाँलाई धम्की दिन खोजेको छ तर हङकङको संरक्षण गर्ने चिनियाँ जनताको दृढ अठोटलाई यसले कुनै असर पार्ने छैन । राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्ने चिनियाँको क्षमता र उपायलाई कतै केही असर पार्न सक्नेछैन । तथाकथित विधेयकबाट अमेरिकी खतरनाक लक्ष्य र प्रभुत्वबारे चिनियाँले अरू बुझ्नेछन् र चिनियाँले अझ एकताबद्ध भएर बाहिरी धम्कीको सामना गर्नेछन् ।
हङकङ चीनको भूभाग हो भने हङकङ मामिलामा बाहिरी शक्तिले हस्तक्षेप गर्नुहुँदैन । हाल चीन पहिलेभन्दा राष्ट्रको महा पुनःउत्थानको लक्ष्यको नजिक छ । साथै बाहिरी जोखिम र चुनौतीको सामना गर्ने क्षमता धेरै बढेको छ । संरा अमेरिकाले तुरून्तै गलत बाटोलाई सुधारी हङकङ मामिला र चीनको आन्तरिक मामिलाको हस्तक्षेप अविलम्ब रोक्न हाम्रो सुझाव छ ।