सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
बग्दाद, इराक, १५ मङ्सिर (एएफपी) : इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश भएको राजीनामालाई यहाँको संसदले आइतबार स्वीकृत गरेको छ ।
आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी सिया समुदायका धर्मगुरू ग्राण्ड आयातोल्लाह अली सिस्तानीले राजीनामा दिन प्रधानमन्त्रीलाई दवाब दिएपछि प्रधानमन्त्री मेहदीले संसदमा राजीनामा पेश गर्नुभएको हो । “उहाँको राजीनामालाई संसदले स्वीकृत गरेको छ,” सभामुखले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा बताउनुभयो ।
इराकमा करिब दुई महिनादेखि राजधानी बग्दाद तथा मुलुकको दक्षिणी क्षेत्रमा भएका आन्दोलनका क्रममा ४२० जनाको मृत्यु भएको छ ।
पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान सशक्त बन्दै गएपछि मेहदीले संसदमा आफ्नो राजिनामा पेश गर्ने र संसदको निर्णय आफूले मान्ने गत शुक्रबार घोषणा गर्नुभएको थियो ।
इराकी संसदले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि सभामुखले नयाँ प्रधानमन्त्रीका लागि कानूनी प्रक्रियालाई छिट्टै अघि बढाउने बताउनुभएको छ ।
उहाँले छिट्टै राष्ट्रपति बर्हाम सालेहलाई भेटी नयाँ प्रधानमन्त्री नियुक्त गर्न औपचारिक अनुरोध गर्ने बताउनुभयो ।
Leave a Reply