जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाण्डौ, ७ बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको निम्ति नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीले बानेश्वरस्थित ईन्द्रेनी बैंक्वेटको सभाकक्षमा एक कार्यक्रम गरी घोषणा पत्र सार्वजनिक गरेको छ ।
पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले पार्टीको नाम फरकफरक भए पनि सिद्धान्ततः ठूला दलहरुबीच कुनै भेद नभएको बताउनुभएको छ । उहाँले राजनैतिक दलहरुमाथि लादिएको ३ प्रतिशत थे्रसहोल्डको आलोचना गर्नुहुँदै ठूला दलहरुले नै सरकारमा बहुमत पु¥याउन साना दलहरुलाई समेटेर लानु गलत भएको बताउनुभयो । उहाँले धर्म, भाषा, जात, क्षेत्रको आधारमा राजनीतिक पार्टीहरु खोल्न दिनाले नेपालमा साम्प्रदायिकता भड्किन सक्ने खतरा रहेको संकेत गर्दै मधेसवादी दलहरुले विदेशीको इशारामा संविधान संशोधनको अडान लिई बस्नु गलत हो भन्नुभयो ।
फोटोः बालकृष्ण बनमाला










Leave a Reply