भर्खरै :

ते¥हौँ साग : तेइस स्वर्णका साथ नेपाल अगाडि

काठमाडौँ, १७ मंसिर । नेपालमा आयोजना भइरहेको १३ औँ साग खेलकुद प्रतियोगिताको तेस्रो दिन मङ्गलबारसम्म भएका खेलको नतिजामा नेपाल २३ स्वर्ण, ९ रजत र १२ कास्य पदकका साथ पहिलो स्थानमा रहेको छ ।
त्यस्तै १३ स्वर्ण ११ रजत र ८ कास्यका साथ भारत दोस्रो, ४ स्वर्ण, १२ रजत र १९ कास्यका साथ श्रीलङ्का तेस्रो, २ स्वर्ण, ४ रजत र १८ कास्यका साथ बङ्गलादेश चौथो र २ स्वर्ण, १० रजत र १२ कास्यका साथ पाकिस्तान पाँचाँै स्थानमा छन् । भुटानले ३ कास्य र माल्दिभ्सले १ स्वर्ण जितेका छन् ।
तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा आज भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको थियो ।
त्यसैगरी तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानकी सैयद सिन्ना बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्नुभएको थियो ।
नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको मङ्गलबार पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो । गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमि दौड, २० किमि साइकल र पुनः दुई दशमलव पाँच किमि दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले देशलाई स्वर्ण पदक दिलाएका हुन् । नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत तथा श्रीलङ्का अशिथ परेराले ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।
त्यसैगरी महिलातर्फ श्रीलङ्का एराङा दुलाक्षीले निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५८ सेकेन्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले एक घण्टा आठ मिनेट ५८ सेकेन्डमा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन् । श्रीलङका उदय कुमारीले एक घण्टा नौ मिनेट नौ सेकेन्डमा निर्धारित दूरी पूरा गरी काश्य पदकमा चित्त बुझाइन् । सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन् ।
भलिबलमा भने नेपाल पुरुष र महिला दुबैमा स्वर्णपदकबाट चुकेको छ । महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सीमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फीरूपमा भारतलाई सुम्पिएपछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो ।
नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्यमात्रै जितेको थियो । भारतले आजै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।
सागमा स्वर्णसहित पदक जित्ने क्रम जारी
– विक्रम गिरी
काठमाडौँ, १७ मंसिर । ते¥हौँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार बिहान भएका विभिन्न खेलमा नेपालले स्वर्णसहित पदक जित्ने क्रम जारी छ ।
उसुमा दुई स्वर्ण
उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विजय सिञ्जालीले स्वर्ण जितेका हुन् । मङ्गलबारदेखि सुरु भएको उसुको थाउलुतर्फ थानछ्वानको महिला स्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । तामाङले ९ दसमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ । उसुतर्फ आजको यो नै पहिलो खेल थियो ।
यस्तै उसुको थाउलुतर्फ थानछ्वानको पुरुष स्पर्धामा नेपालका विजयले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई उछिन्दै स्वर्ण जितेका हुन् । उनले ९ दसमलव ४८ अङ्क जोडे । सो स्पर्धामा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कास्य पदकमा चित्त बुझायो । उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो ।
करातेमा नविनलाई स्वर्ण
मङ्गलबार सागअन्तर्गत करातेको ६७ किलो कुमुतेमा नेपालका नविन रसाइलीले मङ्गलबार स्वर्ण पदक जितेका छन् । नविनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते कभर्ड हलमा भएको खेलमा उनले बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए । करातेतर्फ यो नेपालको आठौँ स्वर्ण हो । सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो ।
डुवाथोलनमा हिमाललाई स्वर्ण
ते¥हौँ सागअन्तर्गत पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलङ्काका आशिष परेराले कास्य जिते । कास्कीको पोखरास्थित लेकसाइडमा भएको उक्त स्पर्धामा नेपाल, भारत र श्रीलङ्काका छ खेलाडी मात्र सहभागी थिए ।
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक
काठमाडौँ, १७ मंसिर । राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पार्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मङ्गलबार भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाउनुभयो । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जित्नभयो । सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पार्नुभएको हो ।
साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाउनुभएको थियो । त्यस्तै सन्तोषीले आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नुभएको थियो । त्यस्तै एथ्लेटिक्सको १ हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा नेपालका टङ्क कार्कीले १ हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो । उहाँले निर्धारित दूरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गर्नुभयो ।
सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले ३ मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचौँ र सानुमाया कार्की सातौँ भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *