इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिका वडा नं ६ को आयोजनामा लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजमा महिलाले महिलामाथि नै हिंसा गरेका घटनाहरू बढी हुने गरेको बताउनुभयो । उहाँले कतिपय महिलाहरू हिंसामा परे पनि पीडितहरूले लुकाउने गरेको बताउनुभयो । समाजमा महिला र पुरुषबीच भेदभाव कायम रहेका कारण गर्भपतनको समस्या विकृतिको रूपमा देखापरेकाले यसलाई नियन्त्रण गर्न समाज अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ६ वडाध्यक्ष हरिराम सुवालले महिला हिंसाका घटना न्यूनीकरण गर्न महिलाहरू शिक्षित हुनुपर्ने र यसमा सम्पूर्ण महिला दिदीबहिनीहरू लाग्नुपर्ने बताउनुभयो ।
वडा सदस्य गोविन्द दुवालले मूलतः महिला र पुरुषबीच समानताको अधिकार हुनुपर्ने तर त्यसो हुन नसकेको बताउनुभयो । उहाँले समाजमा महिलाहरूबीचमा पनि धनी र गरिबको असमानता रहेका कारण धनी वर्गका महिलाहरूमात्र उच्च तहसम्म पुगेको बताउनुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाजका सदस्य तथा अधिवक्ता अनिता जधारीले घरेलु हिंसाविरुद्ध प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य रोशनमैयाँ सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply