सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
– भीष्मराज ओझा
म्याड्रिड, १७ मंसिर । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल सुधार हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गर्नुभएको छ ।
स्पेनको म्याड्रिडमा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५ औँ सम्मेलन (कोप–२५) को उद्घाटन सत्रमा उहाँले सो आह्वान गर्नुभएको हो ।
महासचिव एन्टोनियो गुटेरर्सले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दा विकासशील देशका अनुकूलन क्षमता अभिवृद्धि हुने गरी आर्थिक वित्तको जोहो गर्नुपर्नेमा जोड दिनुभएको सम्मेलनमा सहभागी वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जानकारी दिनुभयो । कार्बनको व्यापार सम्बन्धी छलफल गर्दा निजी क्षेत्रले पनि लाभ पाउने र सबैले संयुक्त रूपमा काम गर्नसक्ने गरी छलफल गर्न महासचिव गुटेरेसले आग्रह गर्नुभएको थियो ।
यस क्षेत्रको वैज्ञानिक निकाय ‘इन्टरनेशनल गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’
(आइपिसिसी) का अध्यक्ष होइसुङ लीले हरितगृह ग्यास उत्सर्जन बढ्ने क्रम जारी रहेको सन्दर्भमा आइपिसिसीले तीनवटा विशेष प्रतिवेदनलाई आधार मानेर काम गर्न जोड दिनुभएको थियो ।
चिलीका राष्ट्रपति सिवास्टियन पिनेराले भिडियो सन्देश दिँदै पेरिस सम्झौतालाई आधार मान्दै छिटो जलवायु परिवर्तनका कार्यक्रम कार्यान्वयन गर्न जोड दिनुभएको कोप–२५ का लागि नेपालका सम्पर्क अधिकृतसमेत रहनुभएका ढकालले जानकारी दिनुभयो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विगतमा औद्योगिकीकरणमा जसरी युरोपले नेतृत्वदायी भूमिका खेलेको थियो, त्यसैगरी कार्बन उत्सजर्न घटाउन पनि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा कोप २४ औँ सम्मेलनको अध्यक्षता पोल्यान्डले चिलीलाई हस्तान्तरण गरेको थियो ।
उद्घाट्न सत्रपछिको समूहगत छलफलमा जी–७७ र चीन, युरोपियन युनियन, वातावरणीय एकीकृत समूह, छाता समूह, अफ्रिकन समूह, अरब समूह, कम विकसित राष्ट्रहरूको समूहलगायतले आ–आफ्नो धारणा राखेका थिए । जी–७७ र चीन तथा कमविकसित राष्ट्रहरूको समूह नेपालसँग सम्बन्धित हुन् ।
जी–७७ र चीनले कार्बन व्यापारका सम्बन्धमा छलफल गर्दा दोहोरो कार्बन ‘क्रेडिट’ को गणना नहुने गरी तर अनुकूलनका लागि बढी स्रोत जुट्न सक्ने गरी जान सुझाव दिएको मन्त्रालयका सहसचिव ढकालले जानकारी दिनुभयो । यसैगरी ‘जलवायु परिवर्तनका असरले क्षति तथा विनास गरेकोसम्बन्धी वार्सा अन्तर्राष्ट्रिय संयन्त्र’ को पुनरावोलकन गर्दा प्रभावकारी संयन्त्र निर्माणमा जोड दिइएको छ । त्यसरी प्रभावकारी संयन्त्रको विकास गर्दा प्रविधि हस्तान्तरणमा विशेष जोड दिनसमेत आग्रह गरिएको छ ।
अति कम विकसित राष्ट्रहरूको समूहले सन् २०२० भित्र संशोधित राष्ट्रिय योगदान प्रतिबद्धता (एनडिसी) सबै राष्ट्रले बुझाउनुपर्ने र विकसित राष्ट्रले एनडिसी बुझाउँदा महत्वाकाङ्क्षी हुनुपर्नेमा जोड दिएको छ । सम्मेलनमा विभिन्न राष्ट्रले जलवायु परिवर्तनका क्षेत्रमा आफ्ना देशले गरेका राम्रा कामको प्रचारप्रसार गर्न अलगै कार्यक्रम गरेका छन् जुन विकास, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध राख्नका लागि अति महत्व सम्पर्क सञ्जाल मानिन्छन् । नेपालले एउटा कार्यक्रम डिसेम्बर ७ र अर्को डिसेम्बर ११ मा राखेको छ भने अरु विभिन्न देश र सङ्घ संस्थाहरूले आयोजना गरेको कार्यक्रममा पनि भाग लिने सहसचिव ढकालले जानकारी दिनुभयो ।
सन् १९९२ मा स्थापना भई १९७ पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) को २५ औँ सम्मेलन यही मंसिर १६ देखि २७ गतेसम्म स्पेनको म्याड्रिडमा भइरहेको छ । जलवायु महासन्धि कार्यान्वयनका प्रमुख आधार क्योटो अभिसन्धि र पेरिस सम्झौता हुन् । कोप–२५ चिलीको सान्टियगोमा तय भएकामा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको म्याड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता भने चिलीले नै गरेको छ ।
Leave a Reply