शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, १८ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको भेला भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले संविधानबमोजिम भनपाले शिक्षा ऐन बनाइ लागू गरेको जानकारी दिँदै भनपाका सामुदायिक विद्यालयका शिक्षकहरूको लगनशीलता अनुकरणीय रहेको बताउनुभयो ।
अवकाश प्राप्त शिक्षकहरूको अनुभवलाई उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्रधानाध्यापक विद्यालयको कमान्डर भएकाले विद्यालय राम्रो बनाउने जिम्मा पनि प्रअमै भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “प्रअले शिक्षकहरूको क्षमताअनुसार कार्य विभाजन गर्नुपर्छ । शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि आवश्यक सहयोग गर्न भनपा तयार छ ।”
भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले आधारभूत परीक्षा प्रभावकारीरूपमा सञ्चालन गर्न कक्षा ८ को प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परीक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले एउटा विद्यालयको असल अभ्यासलाई अर्को विद्यालयले अनुकरण गर्नुपर्ने बताउनुभयो ।
भनपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौलाले गुणस्तरीय शिक्षालाई शिक्षकहरूले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै समाजलाई सुसंस्कृत र विकसित तुल्याउन स्थानीय पाठ्यक्रमलाई विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सार्वजनिक परीक्षा समितिका गङ्गाधर हाडा, संयुक्त परीक्षा समितिका अम्बिका न्याइच्याई र नपा शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply