भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
काठमाडौँ, १८ मंसिर । भारतीय थिचोमिचो र नेपाली भूमि अतिक्रमणविरुद्ध जुलुस प्रदर्शन तथा विरोधसभा चालू छ । नेपाली भूमि फिर्ता नभएसम्म या नछोडेसम्म आन्दोलन, धर्ना तथा विरोध प्रदर्शनहरूको निरन्तरता दिनु आवश्यक छ । यसै क्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिले मंसिर २३ गते राजधानीमा विरोध जुलुस तथा भारतीय राजदूतावासमा धर्ना दिने कार्यक्रम तय गरेको छ । दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने सो जुलुसमा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नु हुनेछ । सो जुलुस भारतीय दूतावासनेर पुगी धर्नामा परिणत हुने पार्टी स्रोतले जनाएको छ । धर्नापछि पार्टीले नेपाली भूमि छोड्न आग्रह गर्दै एक विरोधपत्र दिने छ ।
भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो देशको नक्सामा गाभेको समाचार सार्वजनिक भएको भोलिपल्टै नेमकिपाले विरोध वक्तव्य निकालेको थियो भने पार्टीका जनवर्गीय सङ्गठनहरूले भक्तपुरमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेका थिए ।
जुलुस प्रदर्शन तथा धर्नामा सहभागी हुन पार्टीले किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, महिला, विभिन्न पेशागत सङ्गठन, कर्मचारी, पत्रकार, उद्योगी, व्यवसायी, साहित्यकार, कलाकार तथा देशभक्त जनतालाई आग्रह गरेको छ । नेपाली भूमि मिच्ने भारतीय विस्तारवादको विरोध गर्न, नेपाली भूमि फिर्ता लिने अभियानलाई देशव्यापी बनाउन र जनतामा जागरण ल्याउन विरोध प्रदर्शन आवश्यक हुन्छ । नेमकिपाले गर्ने उक्त प्रदर्शनले देशको विभिन्न भागमा थप सन्देश छर्ने निश्चित छ । अहिले पनि विभिन्न जिल्लामा क्रियाशील नेमकिपाका नेता–कार्यकर्ताहरूले जुलुस प्रदर्शन, कोणसभा र प्रशिक्षणमार्फत भारतीय चिथोमिचोको विरोध गर्दै जनतालाई सचेत गर्ने काम गरिरहेका छन् ।
नेपाली भूमि जोगाउन नेपाल सरकारले खासै चासो दिन नसकिरहेको बेला नेपालको स्वाधीनता र सार्वभौमिकता जोगाउन नेपाली जनता आन्दोलित हुनैपर्छ । सरकारले नेपाली भूमि सुरक्षा गर्न सकेन र सीमा अतिक्रमणको विरोधमा सशक्त ढङ्गले विरोध गर्न सकेन भने भारतले फेरि नेपाली भूमि मिच्ने पक्का छ । भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोधमा देशभक्त जनतालाई सचेत र सङ्गठित गर्न जनजगारण अभियानहरू भइरहनुपर्छ । भारतले नेपाली भूमि सुस्ता अतिक्रमण गर्दा पनि सबभन्दा पहिले नेमकिपाले जुलुस प्रदर्शन गरेको थियो ।
Leave a Reply