तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद् प्रेम सुवालले देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा सङ्घर्षरत नेमकिपालाई मतदान गर्ने मदताताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नेमकिपा जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार नगांचा कमलविनायकमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सचिव सुवालले देशभक्त जनताको मत सिद्धान्त र विचारको नैतिक विजय हो भन्नुभयो ।
भारतले नेपाली भूमि मिचेको छैन भन्ने जानकारी प्रकाशमा आएपछि नेपाली भूमि अतिक्रमणको विरोधमा वार्ता होइन अन्तर्राष्ट्रिय अदालतमा पुगेर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उपनिर्वाचनमा देशघातीहरूको जीत दुःखद पक्ष भएको बताउनुभयो ।
प्रतिक्रियावादी र प्रतिगामीहरूको गठबन्धनमा नेमकिपा नरहेको स्पष्ट पार्दै उहाँले राजनीतिक र सांस्कृतिक स्तर नभएका मतदातालाई भड्काउने देशघातीहरू दोषी भएको बताउनुभयो ।
देशघाती दलका नेताहरू नेपाललाई सिक्किम बनाउने चलखेलमा लागिरहेको उल्लेख गर्दै सांसद सुवालले देशमा सन्तुलित विकास नभएको हुँदा अपराध, चोरी–चकारी, हिंसा बढिरहेको हो भन्नुभयो ।
भूकम्प पीडितलाई राहत पु¥याउन सरकारले अनुदान बढाउनुपर्ने र सहुलियत ब्याजको ऋण प्रक्रिया चालू राख्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको सार्वभौमिकता जोगाउन मंसिर २३ गते दिनको १ बजे रत्नपार्कबाट सुरू हुने विरोध जुलुस र भारतीय दूतावासमा हुने धर्ना कार्यक्रममा सरिक हुन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन हारजितभन्दा जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर रहेको विचार व्यक्त गर्दै बहुमत जनता सचेत भइसकेपछि इमानदार उम्मेदवार जित्ने बताउनुभयो ।
ऐन, कानुन राम्रो भएमा जनताको सेवा हुने विचार राख्दै उहाँले निर्वाचन प्रतिक्रियावादीहरूलाई उदाङ्ग्याएर जनतालाई सचेत पार्ने मञ्च हो भन्नुभयो ।
प्रदेशसभा सदस्यको काम, कर्तव्य र जिम्मेवारी भुलेर पदको दुरूपयोग गरी पैसाको छेलोखेलो गर्ने काम पुँजीवादी व्यवस्थामा हुने चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “राज्यसँग करोडौँ ठगेर बनेका सांसदहरूले तस्कर, गुण्डा र अपराधीहरूलाई वैध बनाउने कामको विरोधमा नेमकिपा सङ्घर्षरत छ ।”
उहाँले भन्नुभयो, “निर्वाचनको हारजित नै शक्तिको मापन होइन, नेमकिपाको सिद्धान्त, विचार र आस्थाप्रति राखेको मतले सङ्घर्ष गर्न थप ऊर्जा मिलेको छ ।”
पुँजीपति वर्गलाई पछार्न कामदार जनता एक हुनुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार र अत्याचार गर्नेलाई जनताले ठाउँ नदिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा समाजवादी प्रचार अभियानमा छ, जनताको सेवाबाहेक नेमकिपाको अर्को स्वार्थ छैन, नेमकिपा विचारमा विचलित हुनेछैन, पुँजीपति वर्गको विरोधमा वैचारिक सङ्घर्ष भइरहने छ, नेमकिपा समाजवादी क्रान्तिको पक्षमा छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उपनिर्वाचन पुँजीवादी व्यवस्था विरूद्धको एक चरण हो, एकमनाको सरकारको कारण देश झन् दुर्दशाको स्थितिमा पुगेको बताउनुभयो ।
नेमकिपाले देश र जनताको सेवा इमानदारीपूर्वक गरिरहेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोसाईले नेपालको स्वाभिमान र सार्वभौमिकता जोगाउन नेमकिपा सदन र सडकमा पनि सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाले इमान, निष्ठा र आस्थाको राजनीतिक गरिरहेको उल्लेख गर्दै उहाँले ठूला र सत्तारूढ दलबाट भइरहेको कुकृत्य र जनघाती कदमको नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
निर्वाचनमा प्राप्त मत घटबढले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध लड्न कुनै फरक नपर्ने चर्चा गर्दै उहाँले निर्वाचित दल र दलका सांसदहरूले नेपाली भूमिमाथि भएको ठाडो हस्तक्षेपको विरोध गर्ने तागत राख्छ कि राख्दैन भन्नुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले नेमकिपा जनतालाई राजनीतिकरूपले सचेत पार्छ, निर्वाचनमा कुनै लेनदेन गर्दैन, निर्वाचन राजनीतिक प्रशिक्षण दिने खुला विश्वविद्यालय हो, जनताको सेवा गर्ने माध्यम हो भन्नुभयो ।
राजनीतिलाई सही दिशामा लैजानुको सट्टा पैसा बाँडेर र भोजभतेर गरेर जित्ने राजनीतिक दलका नेता र कार्यकर्ताले देशलाई दिशानिर्देश नगर्ने बताउँदै उहाँले नेमकिपाका मत जनताको विचार जितेर प्राप्त गरेको मत हो, नेमकिपा देशको भूअखण्डता र सार्वभौम देश जोगाउन सङ्घर्ष र इमानको राजनीति गरिररहने छ भन्नुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले सभापतिको आसनबाट बोल्दै नेमकिपाको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
Leave a Reply