अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औँ वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रम शुक्रबार कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गर्दै चुनावको समयमा राजनैतिक शिक्षा बाँड्नुको सट्टा झूटो आश्वासन र पैसाको लोभ देखाएर मतदाताहरूलाई झुक्याउने काम शासक दलहरूबाटै भइरहनु विडम्बनापूर्ण भएको बताउनुभयो ।
अर्थतन्त्र स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र नहुने विचार राख्दै अध्यक्ष बिजुक्छेँले पैसा खर्च गरी चुनाव जित्नुको कुनै औचित्य नहुने बताउनुभयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेपाली भूमि अतिक्रमणको मुद्दालाई सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्छ ।”
समाजवादी देश क्युवाको शिक्षा र स्वास्थ्य क्षेत्रबाट नेपालले सिक्न सक्ने धेरै ज्ञानहरू भएको औंल्याउँदै अध्यक्ष बिजुक्छेँले देशको हितविपरीतका ऐन–कानुनहरू नबदलेसम्म देशको विकास सम्भव छैन भन्नुभयो ।
इतिहास र भूगोल पढ्ने विद्यार्थीको अभावलाई पूर्ति गर्न सरकारले ती विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी सहज अध्ययन गर्ने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति, कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरू अनुसन्धानको केन्द्रको रूपमा विकास गरी कलेजहरूलाई विश्वविद्यालयको रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।
“नगरवासीले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इन्जिनियरिङ कलेजले देशभरका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेको छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू स्थापनाको समयमा नेमकिपाका अग्रज कार्यकर्ताहरूले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिप्रति बौद्धिक व्यक्तिहरूले उदासिनता राखिएकै कारण आज खराब र कलङ्कित व्यक्तिहरू निर्वाचित हुँदै आएका छन् । पक्षपात, भागबन्डा र स्वार्थ मनोवृत्तिका कारण समाज अगाडि बढ्न बाधा पुगेको छ । युवा पुस्तालाई देश र विश्वको मानचित्र बुझ्नेढङ्गले शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ख्वप सर्कलअन्तर्गतका कलेजहरूले गुणस्तरीय र अनुसन्धानमा आधारित शिक्षामा जोड दिइरहनुका साथै भक्तपुरको शैक्षिक उन्नति र विकासको निम्ति सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवालले इन्जिनियरिङ पेशालाई मर्यादित बनाउन इन्जिनियरिङ कलेजहरूको व्यवस्थापन, भौतिक पूर्वाधार र शिक्षा नीतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले इन्जिनियरिङ शिक्षा दिने पद्धतिमा परिवर्तनको खाँचो औंल्याउँदै इन्जिनियरहरू आफ्नो कार्यक्षेत्र आफै बनाउन सक्षम हुने बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा सहायक डीन प्रा.डा. ज्ञानबहादुर थापाले विद्यार्थीसँग भएको अनुशासन र लगनशीलता आफूले प्राप्त गरेको शैक्षिक योग्यता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीहरूको हकहितको लागि सधैँ सहयोगी भूमिका खेलिरहेको छ भन्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कुनै पनि कुरा सिकेर त्यसलाई सकारात्मक सदुपयोग गर्नतर्फ विद्यार्थीहरू अग्रसर हुनुपर्ने र आफ्नो शैक्षिक योग्यतालाई अनुशासितढङ्गले प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इन्जिनियरिङ कलेजले सस्तोमा उत्कृष्ट इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले कलेजको वार्षिकोत्सव समारोहमा आयोजित रोबोटिक, ओराटोरी र फूटबल प्रतियोगिताका विजयी खेलाडी विद्यार्थी तथा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा १० वर्ष अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीलाई मेडल तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेसनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयमा सम्मेलन गरेको छ भने अतिथि बिजुक्छेँले विभिन्न विषयको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
Leave a Reply