भर्खरै :

नेक्राविसङ्घको स्थापना दिवसमा जुम्लामा कविता वाचन

जुम्ला, २० मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ जुम्लाको आयोजनामा कविता वाचन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
भारतीय विस्तारवादले नेपाली भूमि मिचेको विरोधमा केन्द्रित रही भएको उक्त कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरूले भारतीय विस्तारवाद र सीमा अतिक्रमणको विरोधमा कविता वाचन गरे ।
कार्यक्रममा नेमकिपा जुम्लाका कार्यवाहक अध्यक्ष राजेश्वर देवकोटाले भारतीय सीमा अतिक्रमणको विरोध गर्दै विद्यार्थीहरूलाई देशको भूगोलबारे यथार्थ जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रायुसङ्घका सचिव भीमबहादुर सार्कीले नेपाल विकास हुन नसक्नुमा भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीति नै प्रमुख भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोरखजङ्ग शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्णलाल खत्री र सरिता पराजुलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *