तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २२ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ५० औँ स्थापना दिवसको अवसरमा सङ्घको जुम्ला– काठमाडौँ सम्पर्क समितिको आयोजनामा आइतबार विद्यार्थी भेला तथा प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले युवा पुस्ता अध्ययनमा तल्लीन हुनुका साथै देश र समाज परिवर्तनका लागि सक्रिय रहनुपर्ने बताउनुभयो ।
उहाँले कामदार वर्गका जनताले राजनीति नगरेमा राजनीति सधैँ कुलीन वर्ग र ठूलाठालूको हातमा रहने र देश र जनताको हितमा कुनै काम नहुने प्रस्ट पार्नुभयो ।
देशका शासक पार्टीहरू नेपाली जनतामाथि विश्वास गर्नुभन्दा विदेशीका दलाल बनिरहेको चर्चा गर्दै उहाँले शासक वर्ग इमानदार बनेका भए नेपालको विकासका लागि समय लाग्दैन भन्नुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नीरज लवजूले नेक्राविसङ्घको गौरवशाली इतिहासबारे चर्चा गर्दै देश र जनताको हित तथा जनअधिकार बहालीको आन्दोलनमा नेक्राविसङ्घको उल्लेख्य भूमिका छ भन्नुभयो ।
उहाँले विगतमा द्यौसी माग्ने नाममा विद्यार्थी आन्दोलनलाई निरङ्कुश राजा महेन्द्रको पाउमा समर्पण गर्नेहरू आज कूटनीति र मित्रताका नाममा भारतीय विस्तारवादसामु लम्पसार पर्न तयार भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतले कालापानी क्षेत्र अतिक्रमण गरेर बसेको र अरु स्थानमा सीमा मिचेको स्पष्ट प्रमाण हुँदाहुँदै नेपाल सरकारले भारतसित कूटनीतिक स्पष्टीकरण लिन नसक्नुले यिनीहरू भारतीय दलाल भएको पुष्टि हुन्छ भन्नुभयो ।
उहाँले विगतमा अग्रजहरूले सीमा अतिक्रमण र असमान सन्धिहरूको विरोधमा सङ्घर्ष गरेझैँ आजका विद्यार्थीहरूले पनि देशको सीमा जोगाउने आन्दोलनमा भाग लिनुपर्छ भन्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष सुनिल काफ्लेको सभापतित्वमा भएको थियो । भेलाले काफ्लेकै अध्यक्षतामा समिति पुनर्गठन गरेको छ ।
Leave a Reply