भर्खरै :

विरोध प्रदर्शनको तयारी भेला सम्पन्न

भक्तपुर, २२ मंसिर । भारतले नेपाली भूमि आफ्नो सीमामा राखी तयार पारेको नक्साको विरोधमा नेपाल मजदुर किसान पार्टीले मंसिर २३ गते सोमबार गर्न लागेको बृहत् विरोध प्रदर्शनको तयारी भेला आइतबार पनि जारी रह्यो ।
काठमाडौँको रत्नपार्कबाट दिनको १ बजे हुने विरोध जुलुसमा विभिन्न क्षेत्रका जनताको सहभागिताको निम्त भेलाको आयोजना गरिएको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले बताउनुभयो ।
कुटुञ्जेमा आयोजित भेलामा देशको सार्वभौमिकता रक्षा गर्नुपर्नेमा जोड दिँदै भारतीय विस्तारवादबाट भइरहेको नेपालको सीमा अतिक्रमण रोक्नको निम्ति सबै जनता एक हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले सुगौली सन्धिअनुसार महाकाली पारी भारत भएको भन्दै ब्रिटिश इन्डियाले तयार पारेको नक्सामा समेत लिम्पियाधुरा नै महाकाली नदीको उद्गमबिन्दु भएको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य गोसाईले विभिन्न समयमा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा जनगणना गरेको भन्दै त्यस क्षेत्रका नेपालीले मालपोत तथा तिरो तिरेको प्रमाण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका सदस्य महेन्द्र बखुञ्छेले सार्वभौमिकता कुनै पनि देशको सानो नहुने भन्दै नेपालले भारतसँग झुक्नुपर्ने कुनै कारण नभएको धारणा राख्नुभयो ।
यसैबीच नेमकिपाले शनिबार गुण्डु, किवाचोकमा कार्यकर्ता भेला ग¥यो । भेलामा नेमकिपाको आह्वानमा सोमबार हुने काठमाडौँमा प्रदर्शनमा सहभागी हुन आवश्यक तयारीबारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *