कोहलपुर , २३ मङ्सिर : नेपाल क्रान्तिकारी विद्यार्थी संघको ५० औ स्थापना दिवसको अवसरमा कोहलपुरमा वकतृत्वकला अभ्यास तथा प्रवचन कार्यक्रम सम्पन्न भयो । देशको सार्वभौमसत्ता जोगाउन युवा विद्यार्थीहरुको भुमिका बिषयमा विद्यार्थीहरु बिचमा वक्तृत्वकला अभ्यास हुनुका साथै कविता बाचन र नृत्य पनि भएको थियोे । नेपाल क्रान्तिकारी विद्यार्थी संघ कोहलपुर नगर समिति र नेपालगन्ज नगर समितिको संयुक्त आयोजनामा मजदुर किसान पार्टी बाँकेका अध्यक्ष का. बखत थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरीकान्त आचार्य , रुपेश श्रेष्ठ , प्रभा मल्लाह लगायतले बोल्नुभएको थियोे । शान्ति भन्डारीको अध्यक्षतामा भएको कार्यक्रम बिबेक थापाले संचालन गर्नुभएको थियोे ।