तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कञ्चनपुर, २३ मंसिर । विस्तारवादी भारतद्वारा लिम्पियाधुरा क्षेत्रमा गरिएको भूमि अतिक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टीले दार्चुलाको खलङ्गा बजारमा विरोधसभा गरेको छ ।
विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेशका संयोजक नन्दबहादुर शाहीले पञ्चायतकालमा भारतले सुस्ता अतिक्रमण गर्दा राजा महेन्द्रसँग बक्सिस पाएर आन्दोलनलाई द्यौसीवादमा पतन गराएजस्तै आज पनि सरकारमा बस्नेहरूले नेपाली भूमि भारतलाई सुम्पिरहेको चर्चा गर्नुभयो ।
आफूलाई कम्युनिस्ट दाबी गर्ने नेकपा तत्कालीन सोभियत सङ्घका संशोधनवादी ख्रुस्चेभको नेपाली संस्करण भएको उल्लेख गर्दै उहाँले देश जोगाउन जनदबाब र आन्दोलन आवश्यक भएको बताउनुभयो ।
लिम्पियाधुरा क्षेत्र भारतले अतिक्रमण गर्दा सबभन्दा बढी दार्चुलावासी नै पीडित हुनुपरेको उल्लेख गर्दै उहाँले देशमा बढी सरकार चलाउने नेपाली काङ्ग्रेस यो दोषबाट अलग नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले विस्तारवादी भारतले पटक–पटक नेपालको सीमा मिच्दा पनि सरकार र शासक दलहरू आफ्नो भूमि फिर्ता माग्नुको सट्टा भारतीय शासक वर्गसँग बिन्ती बिसाउनमै केन्द्रित रहेकोमा खेद व्यक्त गर्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भारतको मोदी सरकार फासीवादी सरकार भएको चर्चा गर्नुभयो ।
विरोधसभामा नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलले पनि बोल्नुभएको थियो ।
Leave a Reply