रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
ब्युनस आयर्स, ११ डिसेम्बर (टेलिसुर/ग्रान्मा) अर्जेन्टिनाका नवनिर्वाचित वामपन्थी राष्ट्रपति अल्वर्टो फर्नान्डेज र उपराष्ट्रपति क्रिष्टिना फर्नान्डेज क्रिच्नरले मङ्गलबार (नेपाली समयअनुसार बुधबार राती) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो ।
उक्त सपथग्रहण समारोहलाई राष्ट्रपति कार्यकालको उद्घाटन भन्ने प्रचलन छ । फर्नान्डेज गत अक्टोवरमा सम्पन्न निर्वाचनबाट निवर्तमान राष्ट्रपति एवम् दक्षिणपन्थी राजनीतिज्ञ माउरिसियो म्याक्रीलाई पराजित गरी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
अर्जेन्टिनाका नयाँ राष्ट्रपति फर्नान्डेजले सम्पूर्ण अर्जेन्टिनाको एकताको लागि सत्तामा आएको जोड दिँदै गरिवी र सीमान्तीकरणमा परेकाहरूलाई उठाउनमा विशेष ध्यान दिने बताउनुभयो ।
वर्तमान राष्ट्रपति अल्वर्टो फर्नान्डेज पूर्व राष्ट्रपतिहरू नेस्टर क्रिच्नर र क्रिस्टिना फर्नान्डेज क्रिच्नरजस्तै वामपन्थी पेरोनवादी समाजवादी विचारका हुनुहुन्छ । उहाँले पूर्वराष्ट्रपति नेस्टर र क्रिस्टिनाको सरकारमा प्रधानमन्त्री सरहको चिफ अफ क्याविनेट अफ मिनिस्टर पद सम्हाल्नुभएको थियो ।
वर्तमान उपराष्ट्रपति क्रिस्टिना स्वयम् पूर्वराष्ट्रपति एवम् पूर्वराष्ट्रपति नेस्टरकी विधवा हुनुहुन्छ ।
समारोहमा क्युवाका राष्ट्रपति मिग्वेल डियाज कानेल, पाराग्वेका राष्ट्रपति मारियो आब्दो, उरूग्वेका राष्ट्रपति ताबारे भास्क्वेज, ब्राजिलका उपराष्ट्रपति ह्यामिल्टन माउराव, स्पेनको सिनेटका अध्यक्ष पिलार लोप, इक्वेडरका पूर्वराष्ट्रपति राफेल कोरेया, उरूग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply