तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, २५ मंसिर । भारतीय विस्तारवादले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो नक्सामा गाभी संशोधित राजनीतिक नक्सा प्रकाशित गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी कैलालीले बुधबार विरोध सभाको आयोजना ग¥यो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश संयोजक नन्दबहादुर शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाली भूमि भएको स्पष्ट प्रमाण हुँदाहुँदै भारतीय विस्तारवादले आफ्नो राजनीतिक नक्सामा समेटी नेपालप्रति हेपाहा र मिचाहा प्रवृत्ति प्रदर्शन गरेको छ भन्नुभयो ।
७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतले मिचेको तथ्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “नेपाली भूमि मिचेकोमा देशभर विरोध प्रस्तुत हुँदा पनि सरकार भारतसामु कडा रूपमा प्रस्तुत हुन नसकेबाट ओली–दाहाल भारतीय विस्तारवाद र एकाधिकार पुँजीको गोटी भएका प्रमाणित हुन्छ ।”
सीमा अतिक्रमणको समस्या वार्ताको माध्यमबाट समाधान गर्न भारतले नचाहेको हुँदा समस्या समाधानको लागि अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिनुपर्ने आवश्यकता केन्द्रीय सदस्य शाहीले औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि जनतालाई राजनीतिकरूपमा शिक्षित पार्ने काम गर्दै आएको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले भारतीय विस्तारवाद नेपाललाई सिक्किमजस्तै बनाउन चाहेको हुँदा नेपाली जनता बेलेमा सचेत हुनुपर्छ भन्नुभयो ।
ओली–दाहालको सरकारले कम्युनिस्टको नाममा जनतालाई छक्याउने काम गरिरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य विकले भन्नुभयो, “यो सरकार पुँजीवादी व्यवस्थाको सञ्चालक समिति भइ काम गरिरहेको छ । देशमा समाजवादी नभई पुँजीवादी अर्थव्यवस्था लागू गर्न जोड दिइरहेको छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सीमा अतिक्रमणको शसक्त ढङ्गले विरोध गर्न नसके विश्व मानचित्रमा नेपाल भन्ने देश रहने छैन भन्नुभयो ।
ओली–दाहाल सरकारले भारतीय विस्तारवादको नूनको सोझो गरिरहेको स्पष्ट पार्दै उहाँले यो सरकारले कामदार जनताको हितमा काम गर्छ भनी सोच्नु गलत हुने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको उक्त विरोधसभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाही, नेमकिपा कैलालीका कोषाध्यक्ष लक्ष्मी पुन र सचिव गगनबहादुर थापाले पनि बोल्नुभएको थियो ।
Leave a Reply