भर्खरै :

दादुराको महामारीको नियन्त्रणमा सघाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, २५ मंसिर (सिन्ह्वा) । दक्षिणी प्रशान्त महासागरीय देशमा केही समय यतादेखि फैलिएको दादुराको महामारीविरुद्ध लड्न संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।
ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन् । त्यस महामारी विरुद्धको अभियानमा सघाउन अरु देशलाई पनि आग्रह गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सो आग्रह गर्नुभएको महासचिवका प्रवक्ताले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिणी प्रशान्त महासागरीय क्षेत्रका कम्तीमा पनि तीन लाख नागरिकमा यसको सङ्क्रमण देखिएको समाचार यसअघि नै आएको थियो । यसको प्रकोप प्रतिदिन बढ्दै जान सक्ने खतरालाई मध्यनजर गर्दै यसका लागि सघाउन आग्रह गरिएको हो ।
खासगरी समोआ, फिजी, टोंगा, भानुआतु, कुक आइल्याण्ड, नाउरु, टुभालू आदिमा दादुराको प्रकोप बढ्दै गएको छ । यसको प्रकोपका कारण यहाँ सयौँ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।
महामारी नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफको नेतृत्वमा केही सहायता सहायता एजेन्सीले काम गरिरहेका छन् ।
ती देशमा अझै ठूलो सहयोग र प्रतिबद्धताको आवश्यकता रहेको पनि बालकोषले जानकारी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यहाँको अवस्थालाई अझ गम्भीररूपमा लिन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको यो पछिल्लो आग्रहबमोजिम अष्ट्रेलिया र न्युजील्याण्ड सरकारले भने सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् तर अरू पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने सहायता एजेन्सीसमक्ष सहयोगको आग्रह गरिएको हो ।
यसैबीच टापुले भरिएको देश समोआमा दादुराको महामारीबाट मध्यअक्टोबरबाट हालसम्म ७० जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सो रोग निगरानी टोलीकाअनुसार ४ हजार ६९३ दादुराको सङ्क्रमण सरकारले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १५९ अस्पतालमा भर्ना छन् । समोआ हाल आपतकालको अवस्थामा रहेको छ ।
गत बिहीबार र शुक्रबार प्रायःसार्वजनिक र सरकारी सेवा बन्द गरिएको थियो । गत डिसेम्बर ८ मा ९० प्रतिशत सर्वसाधारणलाई दादुरा विरुद्धको सार्वजनिक खोप लगाइएको सरकारी स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *