भर्खरै :

मतभिन्नता र फुटबीच नेटोको धमिलो भविष्य

 कोउ ची, चाओ तोङ (Kou Jie, Zhao Tong)
नर्थ एट्लान्टिक टे«टी अर्गनाइजेसन (उत्तर आन्ध्र सन्धि सङ्गठन) नेटोको शिखर सम्मेलनद्वारा जारी हुने घोषणामा चीनलाई एक खतराका रूपमा परिभाषित गर्न लगाउने संरा अमेरिकी प्रयास असफल भएको छ । त्यसैले डिसेम्बर ४ का दिन जारी नेटोको घोषणामा ‘चीनले रणनीतिक अवसर र चुनौतीहरू सिर्जना गर्दैछ’ (providing strategic opportunities and challenges) भनी उल्लेख ग¥यो । विज्ञहरूले यसलाई नेटोभित्रको मतभिन्नता र फुटको रूपमा चर्चा गर्दै नेटोको भविष्य धमिलो बन्दै गएको बताएका छन् ।
नेटोले डिसेम्बर ४ का दिन जारी लन्डन घोषणाअनुसार रसिया र आतङ्कवादले पुनः एक पटक त्यस आन्ध्रमहासागर वारपार सैन्य गठबन्धनमाथि खतरा (धम्की) उत्पन्न गरिरहेका छन् । चीनका बारेमा भने पहिलो पटक चीनको अन्तर्राष्ट्रिय नीति र बढ्दो प्रभावलाई सङ्केत गर्ने गरी “चीनले सिर्जना गरेका अवसर र चुनौतीहरूलाई एक गठबन्धनका रूपमा सम्बोधन गर्न आवश्यक छ ।” भनी उल्लेख ग¥यो ।
नेटो शिखर सम्मेलन अगाडि कयौँ अमेरिकी अधिकारीहरूले चीनलाई खतराका रूपमा परिभाषित गर्न नेटोसित माग गरे । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नेटो देशहरूको भ्रमण गरी “चीनले नेटोमाथि कयाँै खतरा उत्पन्न गरिरहेको छ” भनेका थिए, भने नेटोका लागि अमेरिकी स्थायी प्रतिनिधि काय बेली हट्चिसनले “चीन एक विकसित खतरा” भएको बताउँदै चीनले अब ‘विश्वव्यापी नियमलाई मान्नुपर्ने’ बताएकी थिइन् ।
“चीनलाई नेटोको नयाँ शत्रुका रूपमा उभ्याउने अमेरिकी कोसिस हुँदाहुँदै पनि, उसका मित्रहरूको भने भिन्नै चासोहरू छन् । लन्डन घोषणाले नेटो सदस्यहरूबीच बढ्दो मतभिन्नता र फुटलाई उजागर गरेको छ ।” चीन समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्रतिष्ठान (विश्वविद्यालय) को अमेरिकी अध्ययन प्रतिष्ठानका एक अनुसन्धाता प्रा. सुन चेन्धाओले पिपुल्स डेली अनलाइनसित भन्नुभयो ।
धमिलो द्वन्द्व
उक्त घोषणाबारे प्रतिक्रिया दिँदै चीनको विदेश मामिला मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले डिसेम्बर ५ का दिन भएको पत्रकार सम्मेलनमा भनेकी थिइन्– “नेटोभित्रै पनि चीनलाई शत्रु होइन भन्ने भिन्न मत देखिएको छ ।”
ह्वाले अगाडि भनिन्– “विश्वले आज सामना गरिरहेको सबभन्दा ठूलो खतरा एकपक्षीयतावाद र बलजफ्तीपूर्ण व्यवहारहरू हुन् ।
प्रवक्ता ह्वाले अघिल्लो महिना (नोभेम्बरको अन्तिम साता) फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोँ र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको खस्रो बहस पनि स्मरण गराउनुभयो ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोँले नेटोको ‘मस्तिष्क मृत्यु’ (Brain Death) वा निष्कृय हुने खतरामा पुगेको बताएका थिए भने ट्रम्पले म्याक्रोँको कथनलाई ‘अत्यन्तै तुच्छ र अशिष्ट’ भनी हमला गरेका थिए ।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको युरोप अध्ययन प्रतिष्ठानका अनुसन्धाता चाओ चुनयीले पिपुल्स डेली अनलाइनलाई उक्त गठबन्धनका उच्च नेतृत्वबीच तनाव बढिरहेको बताउँदै त्यसमा एकातिर संरा अमेरिकी अधिकारीहरू अर्कोतिर युरोपेली सैनिक स्वाधीनताको पक्षमा रहेका फ्रान्स, जर्मनीलगायत युरोपकेन्द्रित देशहरू रहेको बताउनुभयो ।
चाओका अनुसार नेटोलाई अमेरिकी प्राथमिकताले नेतृत्व गरेको अवस्थाप्रति युरोपेली सङ्घ पक्षधर शक्तिहरू जस्तो, फ्रान्स र जर्मनी सन्तुष्ट छैनन् । तिनीहरूले स्वाधीन युरोपेली सुरक्षा सञ्जाल निर्माण गर्ने चाहना राख्छन् भने बहुध्रुवीयतावादप्रति संरा अमेरिकी धारणादेखि युरोपेली देशहरू वाक्कदिक्क भइसकेका छन् ।
“आफ्ना सहयोगीहरूप्रति संरा अमेरिकी धारणा उल्लेख्यरूपमा परिवर्तन भइसकेको छ । पहिला युरोपको सैन्य समर्थनका लागि संरा अमेरिकाले आर्थिक सहयोग गथ्र्यो । अहिले संरा अमेरिकाले युरोपले आफूबाट फाइदा उठाइरहेको आरोप लगाउने गरेको छ भने अमेरिकी सुरक्षा चासोमा युरोपले पनि योगदान गर्नुपर्ने माग गरिरहेको छ ।”– प्राध्यापक सुनले स्पष्ट पार्नुभयो ।
उहाँले अगाडि भन्नुभयो– “यस्तो परिस्थितिमा युरोप संरा अमेरिकाप्रति आफ्नो निर्भरता घटाउन र आफ्नै नयाँ रणनीतिक र नेटोभन्दा बाहिर आफ्नै स्वाधीन सुरक्षा संयन्त्र बनाउन बढी इच्छुक छ । आपसी असन्तुष्टिबाहेक पनि संरा अमेरिका र नेटो गठबन्धनका सदस्यहरू नेटोको वर्तमान प्राथमिकता र मुख्य कार्यका बारेमा एकमत छैनन् ।
“युरोपेली देशहरूका विपरीत संरा अमेरिकाले पहिले नै आफ्नो प्राथमिक राष्ट्रिय सुरक्षाको चासो आतङ्कवादबाट अन्तरराज्य रणनीतिक प्रतियोगितामा सारिसकेको छ । त्यसैकारण उसले सधैँ चीनको बढ्दो प्रभावलाई रोक्न नेटोलाई अग्रमोर्चामा राख्न खोज्छ ।” – प्रा. सुनले भन्नुभयो ।
अर्कोतिर युरोपसँग चीनसितको सम्बन्धबाहेक पनि कयौँ अरू जरुरी विषय छन् । केही पूर्वी युरोपेली देशहरू रसियालाई उल्लेख्य सुरक्षा खतरा मान्छन्, भने फ्रान्स, बेल्जियम, इटाली, स्पेनजस्ता देशहरूका लागि आतङ्कवाद मुख्य सुरक्षा चासो रहेको छ र नेटोलाई उनीहरू त्यसका निम्ति लगाउन चाहन्छन् ।
“चीन–युरोपेली सम्बन्ध अहिले निकै फस्टाइरहेको छ । युरोपले चीनको निन्दा गर्नमा संरा अमेरिकालाई पछ्याए तापनि जब आर्थिक मामिला आउँछ, संरा अमेरिकाले झैँ युरोपले चीनलाई सैनिक खतरा मान्दैन, बरु बढीभन्दा बढी सांस्कृतिक र आर्थिक सहयोग बढाउनुपर्नेमा जोड दिन्छ ।” सुनले भन्नुभयो ।
दोधारे गठबन्धन चौबाटोमा
सत्तरी वर्ष अगाडि तत्कालीन सोभियत सङ्घसित लड्न बनाएको सैनिक सङ्गठन नेटो अहिले के गर्ने र कता बढ्ने भन्ने चौबाटोमा उभिन पुगेको छ भने यसका सदस्य देशहरू एकको सैनिक नीतिमा अर्काको प्रभाव कतिसम्म सही हो भन्ने अवस्थामा पनि पुगेका छन् ।
शीतयुद्धको अवधिमा नेटो सदस्य देशहरू एकताबद्ध थिए कारण तिनीहरूका शत्रु तिनीहरूकै सामना गर्न नसक्ने निकै बलियो थियो । तर, सोभियत सङ्घ अहिले अस्तित्वमा छैन, विघटन भएर १६ वटा देशमा टुक्रिसकेको छ । अहिले जतिसुकै ठूलो खतरा भनिए पनि पहिलेको खतरासित तुलना हुनसक्दैन । त्यसैले नेटोको वैधानिकता कायम गर्नका लागि नयाँ शक्तिशाली शत्रु अत्यन्त जरुरी भएको छ । संरा अमेरिकाको दृष्टिमा उदयीमान चीनभन्दा उपयुक्त अरू देश भएन ।”– सुनले भन्नुभयो ।
विज्ञहरूका अनुसार सदस्य राष्ट्रहरूबीच मुख्य राजनीतिक विषयहरूमा देखापरेको मत भिन्नताले उक्त सङ्गठनको भविष्य धमिलो भएको छ । विशेष गरी फ्रान्स र जर्मनीको धारणा नेटोप्रति बदलिँदै गएको छ र सङ्गठनबारे टर्कीको धारणा पनि स्पष्ट छैन ।
“यद्यपि फ्रान्स र जर्मनी दुवै सैनिक एकीकरणलाई बढावा दिन चाहन्छन् तर फ्रान्स बढी रूपान्तरणकारी तरिका चाहन्छ भने जर्मनी – संरा अमेरिका नेतृत्वको नेटो तत्कालै छोड्न तयार छैन ।”– प्रा. सुनले प्रस्ट पार्नुभयो ।
उहाँका अनुसार नेटोको सहमतिविना यस्ता असमझदारी र टर्कीका क्रियाकलापहरू सजिलै समाधान गर्न सकिँदैन र त्यसले नेटोको भविष्यलाई छायामा पार्नेछ ।
“यद्यपि संरा अमेरिकाले आफ्ना सहयोगीहरूलाई एक शक्तिशाली शत्रुका रूपमा चीनको नाम लिन मनाउने कोसिस जारी राख्नेछ तर ऊ सजिलै सफल हुने देखिँदैन ।” – प्रा. सुनले भन्नुभयो ।
(NATO’s Looming Future amid divergence and fractures)
– People’s Daily Online, December 06, 2019
अनुवाद ः प्रकाश
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *