‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
ई. राजदास श्रेष्ठ
सोभियत रुस पुगियो, जीवनको एक बहुप्रतिक्षित इच्छा पूरा भयो । जीवनको एक नयाँ अध्याय सुरु भयो ।
आइएस्सी पास गरेर विदेश पढ्न जाने भन्ने सपना पूरा भयो, जीवनको पहिलो सफलता मैले त्यसलाई सम्झेँ । संस्कृत विद्या पढेको, स्कूल जीवनमा जहिले नि प्रथम स्थान हासिल गरेर पढ्ने अनि प्रमाणपत्र तह (आइएस्सीमा) दुई वर्षको कोर्स तीन वर्षै लगाएर भए पनि प्रथम श्रेणीमा पास गरेको फल हो यो मेरो । यसरी आफ्नो अध्ययन राम्ररी पढ्न अवसर दिनुभएकोमा सर्वप्रथम मैले आफ्नो बुबालाई कृतज्ञता ज्ञापन गरेँ । मेरो बुबा पढ्नु नभएको भए पनि र कुनै स्कूलमा अध्ययन नगर्नुभएको भए पनि मेरो पढाइमा धेरै ध्यान दिनुभएको थियो । मलाई धेरै पढाएर विद्वान बनाउने उहाँको ठूलो इच्छा थियो । त्यसकारण साँखुको त्यसबेलाको भाग्योदय प्रारम्भिक स्कूलमा म तीन कक्षामा फेल भएपछि लाजले स्कूल जान छोडेको बेला घरैमा पण्डित बाजेलाई ल्याउनु भएर मलाई संस्कृत विद्या पढ्न लगाउनुभयो । ४–५ वर्षको संस्कृतको पढाइपछि के गर्ने अब भन्ने अन्यौल उत्पन्न हुँदा मेरो हातको औँला समातेर मलाई उहाँले काठमाडौँ ल्याउनुभयो पद्मोदय हाई स्कूलमा भर्ना गर्न । उमेर मेरो त्यसबेला १५ वर्षको थियो । संस्कृतबाहेक अरु कुनै विषय अध्ययन नगरेको र हिसाबको नाममा जम्मा, घटाउ र गुणन् मात्रको केही ज्ञान भएको हुनाले स्कूलमा भर्ना लिइएन । अनि पद्मोदय हाईस्कूलकै एक संस्थापक प्राध्यापक मोहनप्रसाद मास्केको अभिभावकत्वमा छोडेर बुबा साँखु फर्कनुभयो । म काठमाडौँको बाङ्गेमुढा टोलमा प्राध्यापक मोहनप्रसाद मास्केको घरमा नै बसेर आफ्नो अध्ययन गर्न थालेँ । स्कूलमा कुनै कक्षामा भर्ना नलिएको हुँदा उहाँले मलाई दुई कक्षादेखि आठ दस कक्षासम्म एक बोरा पुस्तकहरू ल्याएर दिनुभयो । उहाँले “ल यी सब किताबहरू पढ्नु एक वर्षसम्म घरमै बसेर” भन्नुभयो ।
संस्कृत पढ्ने बेलामा मलाई पण्डित बाजे भन्नुहुन्थ्यो, “घोकनि विद्या धावन्ति खेति” अर्थात् विद्या आर्जन गर्नलाई घोक्नु (पढ्नु) पर्छ र खेतीपाती गर्नलाई धाउनुपर्छ ।
४–५ वर्ष संस्कृत पढ्दा घोक्ने बानी धेरै भएकोले मैले एक वर्षभरिमा उहाँले दिनुभएका सबै पुस्तकहरू राम्ररी पढ्न भ्याएँ । अनि अर्को वर्ष मलाई पद्मोदय हाइ स्कूलमा ७ कक्षामा भर्ना लिइयो र त्यसबेलादेखि मैले आफ्नो स्कूलको पढाइ र जाँचमा कहिल्यै पनि दोस्रो हुनु परेन । जहिले पनि पहिलो स्थान हासिल गरेँ । धेरै पुस्तकहरूसहित पुरस्कृत भएँ ।
त्यही फलस्वरुप म सोभियत सङ्घमा आउनको लागि आवश्यक आइएस्सी परिक्षामा पनि राम्रो अङ्क ल्याई उत्तीर्ण भएँ । त्यसकारण यो मेरो जीवनको पहिलो सफल खुड्किलोको लागि जस आफ्नो बुबा र मेरो अभिभावक प्राध्यापक मोहनप्रसाद मास्केलाई दिन चाहेँ ।
काठमाडौँ बसेर पढ्ने बेलामा मलाई खान, लाउन र अन्य आवश्यक कुनै चीजको अभाव हुन दिनुभएन बुबाआमाले । घ्यु, दाल, चामल, च्युरा, पीठो आदि सबै चीजको नियमित आपूर्ति गरिदिनुभयो आफ्नो घर साँखुबाट र महिनाको दुई तीन चोटी मलाई भेट्न आउनु हुँदा आवश्यक पकेट खर्च पनि दिएर जानुहुन्थ्यो । यति गर्न उहाँलाई कति गा¥हो भयो वा भएन मैले कहिले पनि सोचिन । यो मेरो अज्ञानता थियो । तर जे भए पनि मैले बुबा–आमाको इच्छाअनुसार राम्ररी अध्ययन गरेर साँखुमा उहाँहरूको इज्जत थामिदिएँ र आफ्नो इच्छाअनुसार सोभियत रुसमा आएर पढ्न पाएँ त्यसैमा सबै खुसी थिए ।
सोभियत सङ्घमा आउनेबित्तिकै आठजनामध्ये हामी ६ जना साथीहरूलाई सोभियत राजधानी मस्कोमा राखियो र अन्य दुईजनालाई अन्य सहरमा पठाइयो पढाइको विषयअनुसार ।
मस्कोको “अटो डारोझ्नी इन्स्टिच्युट” को एक छात्रवासमा हामी ६ जना साथीहरू बस्यौँ र सोही इन्स्टिच्युटमा एक वर्ष अध्ययन ग¥यौँ । अध्ययनको पहिलो एक वर्ष पूरा रुसी भाषाको अध्यापन गरियो । मुख्यतया भाषाकै पढाइ भयो । भाषाबाहेक अलि अलि गणित रासायनिक विषय भौतिकशास्त्र र डिस्क्रीभ्टिभ ज्योमेट्री (चित्र कोर्ने) को पढाइ भयो । सबै विषयमा मेरो पढाइ राम्रो भयो, तर चित्र कोर्ने विषयमा मेरो हात राम्ररी जमेन । त्यसकारण त्यहाँका प्राध्यापकहरूले मलाई सिभिल इन्जिनियरिङ्ग पढ्न गा¥हो हुन्छ भन्नुभयो र बरु रसायन शास्त्रमा मेरो पढाइ राम्रो भएकोले केमिकल इन्जिनियरिङ्ग पढ्न सल्लाह दिनुभयो । सोहीअनुसार एक वर्षको भाषा अध्ययन समाप्त भएपछि मलाई रसायनिक इन्जिनियरिङ्ग (केमिकल इन्जिनियरिङ्ग) पढ्न रुसबाट उक्राइनाको खार्कोभ भन्ने सहरमा पठायो ।
खार्कोभ उक्राइनाको दोस्रो ठूलो सहर हो किभपछि । किभ उक्राइनाको राजधानी हो । अहिले उक्राइना (युक्रेन) अलग्गै राष्ट्र भइसकेको छ सोभियत सङ्घको विघटनपछि ।
सन् १९१७ को अक्टोबर क्रान्तिपछि स्थापना भएको सोभियत सङ्घ सन् १९९१ मा आएर पूर्णरूपमा विघटन भयो तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभको पालामा । सन् १९८० को दशकमा ठूलो उथलपुथल भयो– सोभियत सङ्घमा । पेरेस्ट्रोइका (पुणर्संरचना) र ग्लास्टनोष्ट (पारदर्शिता) को नाममा धेरै परिवर्तन भयो सोभियत सत्ता र संरचनामा ।
सन् १९६९ मा हामी जाँदा सोभियत सङ्घ एक ढिक्का थियो र विश्वमा एक शक्तिशाली राष्ट्रमा गनिन्थ्यो लियोनिद इलीच्छ बे्रझ्नेभको राष्ट्रपतिकालमा । लियोनिद ब्रेझ्नेभ सोभियत कम्युनिस्ट पार्टीका सर्वोच्च नेता, महासचिव (जनरल सेक्रेटरी) थिए भने कोसीजीन (कोसीत्रीन) शक्तिशाली प्रधानमन्त्री थिए । त्यस्तै आन्दे्रई ग्रोमीको पनि प्रख्यात कूटनीतिज्ञ सोभियत सङ्घका तत्कालीन परराष्ट्र मन्त्री थिए ।
म काठमाडौँमा स्कूलमा पढ्दा र कलेजमा पढ्दा पनि आन्दे्रई ग्रोमीको (सोभियत परराष्ट्र मन्त्री) र सोभियत प्रीमियर कोसीजीन भनेर प्रायःजसो रेडियो समाचारमा सुनिथ्यो । सोभियत परराष्ट्रमन्त्री आन्दे्रई ग्रोमीकोजस्तै त्यसबेला अमेरिकी परराष्ट्र सचिव (मन्त्री) हेनरी किसिन्जरको नाम खुब सुनिन्थ्यो ।
अमेरिकामा सत्ता प्रमुखलाई राष्ट्रपति भन्छन् भने मन्त्रीहरूलाई सचिव (सेक्रेटरी) जस्तै परराष्ट्र मन्त्रीलाई फरेन सेक्रेटरी भनिन्छ ।
१९६० को दशक अथवा दोस्रो विश्वयुद्धपछि देखि नै विश्व दुई ध्रुवमा विभाजित थिए । एक अमेरिकी नेतृत्वअन्तर्गत नाटो सैनिक गठबन्धनभित्र अमेरिकालगायत पश्चिम युरोपका धनाढ्य र शक्तिशाली देशहरू जस्तै फ्रान्स, पश्चिम जर्मनी, इङ्गल्याण्ड थिए भने सोभियत सङ्घको खेमाभित्र समाजवादी देशहरू आबद्ध थिए । वार्सा सैनिक सन्धि (वार्सा प्याक्ट) पूर्वी युरोपका देशहरू जस्तै पूर्वी जर्मनी, पोल्याण्ड, चेकोस्लोभाकिया, हङ्गेरी बुल्गेरिया, रोमानिया आदि ।
पूर्व र पश्चिमका यी दुई शक्तिशाली सैनिक गठबन्धनका देशहरूबीच धेरै वर्षसम्म राजनैतिक र आर्थिक युद्ध (जसलाई शीतयुद्ध भनियो) चल्दै रह्यो । सन् १९६० को दशक र १९७० को दशकमा यो शीतयुद्धले चर्को रूप धारण गरिरहेको थियो जुनबेला म सोभियत सङ्घमा अध्ययन गर्दै थिए । त्यसकारण मेरो अध्ययनकालभरी आफ्नो केमिकल इन्जिनियरिङ्गको पढाइको साथसाथै हामीले अमेरिकी र इजराइलको नीति विरोधमा पनि सहमति जनाउनुपथ्र्यो आफ्नो अध्ययन कक्षभित्र र बाहिर पनि ।
इजराइल नाटो सैनिक सङ्गठन भित्र नपरे पनि अमेरिकाको घनिष्ठ मित्र थियो र अमेरिकाको साथ र सहयोगमा इजराइलले ताण्डव नृत्य देखाइरहेको थियो मध्यपूर्व एसिया अथवा अरबी क्षेत्रको खाडी देशहरूमा । सबभन्दा बढी इजराइलले दुःख दिइरहेको थियो प्यालेस्टाइनी जनतालाई उनीहरूको भू–भागमा अनधिकृतरूपमा कब्जा जमाउँदै इजराइली बस्ती विस्तार गर्दै प्यालेस्टाइनको गाजा क्षेत्रलगायत पश्चिम किनारा (वेस्ट बैङ्क) र जेरुसेलममा हस्तक्षेप गर्दै ।
सोभियत सङ्घ एकातिर पश्चिम युरोप र अमेरिकासँग शीतयुद्ध लड्दै थियो भने उता चीनसँग पनि उसको सम्बन्ध नराम्रोसँग बिग्रेको थियो ।
चीनसँग सोभियत सङ्घको सम्बन्ध अति तीक्त अवस्थामा थियो भन्ने कुरा सोभियत सङ्घ पसेको केही दिनमै थाहा भयो । जहाँ तहीँ चीनका नेता अध्यक्ष माओका विरोध सुनिन्थ्यो र माओको पक्षमा कमेही बोल्यो भने खाउँला जस्तो गर्थे रुसीहरू । यस विषयमा मेरै कोठामा बस्ने एकजना रुसी साथीसँग मेरो धेरै पटक झगडा भयो । मेरो कोठामा दुईजना रुसीहरू थिए अनि मसँग मेरै पुराना साथी कलेजमा सँगै पढेका त्रिभुवन तुलाधर । ती दुईजना रसियनहरूमध्ये एकजना अलि हामीभन्दा बढी उमेरका थिए । पिटर उसको नाम थियो । अर्को अलि कम उमेरका हाम्रै उमेरको भ्लादिमिर भन्ने । पिटर अलि कम बोल्थे र अलि परिपक्व विचारका थिए । तर भ्वाल्योड्या भन्ने भ्लादिमीर व्यवहारमा सोझो देखिए पनि माओ त्सेतुङ्गको कुरा उठदा धेरै आक्रोशित हुन्थे र मसँग झगडै गर्न खोज्थे । माओ त्सेतुङ्ग र चिनियाँ नीतिप्रति धेरै अफवाह (भ्रम) फैलाइएको थियो पूरा सोभियत सङ्घभित्र । त्यसकारण चिनियाँ नीतिको समर्थन गर्नु र माओ त्सेतुङ्गको प्रशंसा गर्नु सोभियत सङ्घमा त्यसबेला ठूलो अपराध गर्नुसरह थियो र उनीहरूलाई चोट पु¥याउनु थियो । तैपनि म आफ्नो कम्युनिस्ट सिद्धान्तप्रतिको आस्थालाई जोगाउँदै कम्युनिस्ट चाइनाको समर्थनमा आफ्नो अभिव्यक्ति प्रकट गर्दै गर्दा भलादिमिर मदेखि धेरै रिसाए र मसँग मुठभेड नै होला भन्ने डरले उनी सुत्दा खेरी आफ्नो सिरानीमुनि एउटा सानो छुरा लुकाएर सुत्न थाले ।
Leave a Reply