क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
लन्डन, २७ मंसिर (एएफपी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसद्को आमनिर्वाचनमा बहुमत हासिल गर्नुभएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली सङ्घ (ईयू) बाट बाहिर निकाल्न ‘शक्तिशाली नयाँ जनादेश’ प्राप्त भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत ईयूबाट बाहिरिन्छ र कुनै “हुन्छ, हुन्न” भन्ने द्विविधा छैन भन्नुभयो ।
प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स पार्टीको यस पटकको विजय ऐतिहासिक भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई चुनावमा विजयी भएकामा बधाई दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताउनुभयो ।
बीबीसीका अनुसार हाउस अफ कमन्सका ६५० स्थानमध्ये जोनसनको कन्जरभेटिभ्स पार्टीले ३६४ स्थानमा विजय प्राप्त गरेको छ । बिबिसीले मुख्य विपक्षी लेबर पार्टीले २०३ स्थान जितेको छ । चुनावपछि गरिएका मतसर्वेक्षणमा सन् १९८० को दसकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बहुमत हासिल गरेयता पहिलोपटक कन्जरभेटिभ्सले संसद्मा सबैभन्दा ठूलो बहुमत प्राप्त गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए ।
चुनावी प्रारम्भिक नतिजासँगै बेलायती मुद्रा पाउण्ड स्टर्टिङको मूल्य डलरको तुलनामा दुई प्रतिशतले बढेको थियो । बेलायतको भविष्यलाई लिएर वर्षौँदेखिको राजनीतिक गतिरोध जोनसनको विजयसँगै अन्त्य हुने आमजनताले अपेक्षा गरेका छन् । धेरै सांसदको समर्थन प्राप्त भइसकेकाले प्रधानमन्त्री जोनसनले ब्रसेल्ससँग ब्रेक्जिट सम्झौताका सन्दर्भमा यसअघि तोकिएको आगामी जनवरी १ को समयावधिभित्रै बेलायत इयूबाट अलग्ग हुनेछ ।
सम्झौताको अनुमोदनले लगभग पाँच दशकको ईयू–बेलायत एकीकरणको औपचारिकरूपमा अन्त्य हुनेछ । यद्यपि दुवै पक्षले अझै पनि नयाँ व्यापार र सुरक्षा सम्झौता गर्नुपर्ने आवश्यकता छ । फ्रान्सका युरोपेली मामिलामन्त्री एमेली डी मोन्टचेलिनले बेलायतमा जोनसनको पक्षमा “स्पष्ट बहुमत” प्राप्त भएकामा त्यसलाई स्वागत गर्नुभएको छ । उहाँ बेलायती नतिजालाई स्वागत गर्ने पहिलो युरोपेली नेता हुनुहुन्छ ।
लन्डनका पूर्व मेयर र विदेशमन्त्रीसमेत रहिसक्नुभएका जोनसनका लागि यो ठूलो विजयको सङ्केत हो जसले ब्रेक्जिट अभियानलाई सफल बनाउन सन् २०१६ को जनमत सङ्ग्रहमा पनि मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । पश्चिमी लन्डनमा पुनः सांसदको रूपमा छनोट भएपछि बोल्दै जोनसनले “यस्तो लाग्छ, यसपटक जनताले ब्रेक्जिटको पक्षमा शक्तिशाली नयाँ जनादेश दिएका छन् । ब्रेक्जिट मात्र होइन, यस देशलाई एकजुट गर्न र देशलाई अगाडि बढाउनेतर्फ यो जनमत लक्षित छ ।”
सांसदका रुपमा १० औँ पटक पुनः विजयी हुनुभएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीकार्नुभयो । उहाँले यो नतिजा असाध्यै निराशाजनक रहेको पनि बताउनुभयो । उहाँले आफूले पार्टीको नेता पदबाट चाँडै राजिनामा गर्ने बताउँदै अर्को चुनावमा आफूले पार्टीको नेतृत्व नगर्ने स्पष्ट गर्नुभयो । बेलायतमा अब अर्को संसदीय निर्वाचन सन् २०२४ मा हुनेछ ।
अर्को ठूलो अप्ठ्यारोमा ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका नेता जो स्विन्सनमाथि आइपरेको छ । उक्त पार्टीले ११ स्थानमात्र जितेको छ । उहाँ स्कटिस नेसनल पार्टीका उम्मेदवारसँग पश्चिमी स्कटल्याण्डबाट पराजित हुनुभएको छ । केही हप्ता अघिदेखि नै चुनावी मतसर्वेक्षणमा कन्जरभेटिभ्सहरू अगाडि थिए तर उनीहरूले यति ठूलो अन्तरमा चुनाव जित्ने अड्कल कमैले मात्र गरेका थिए । यो नतिजा निकै अप्रत्याशित रहेको छ ।
लेबर पार्टीका लागि यो नतिजा सन् १९३५ पछि सबैभन्दा खराब देखिएको छ । कोर्बिनले ब्रेक्जिटका सन्दर्भमा दोस्रो जनमत सङ्ग्रह गर्नुपर्ने धारणा अघि सार्दै आउनुभएको थियो । उहाँको विचारमा आधाभन्दा बढी जनता अझै पनि ईयुकै पक्षमा रहनेछन् । तर उहाँले लेबरको अभियानलाई आर्थिक परिवर्तनका कार्यक्रममा बढी केन्द्रित गर्नुभएको थियो, जसमा केही प्रमुख उद्योगहरूको पुनः राष्ट्रियकरण गर्ने कुरा समावेश थियो । तर यी आश्वासनले मतदाताहरूलाई लोभ्याउन सकेन ।
शुक्रबार बिहान समर्थकलाई सम्बोधन गर्दै कोर्बिनले आफ्नो चुनावी “घोषणापत्र” को पक्षलाई बचाउ गर्दै चुनावी अभियानका क्रममा आफ्ना नीतिहरू “अत्यधिक लोकप्रिय” रहेको दाबी गर्नुभयो । तर उहाँले ब्रेक्जिटले बेलायती जनता र दलहरूमाझ ध्रुवीकरण र विभाजित बहस निम्त्याएको स्वीकार गर्नुभयो । कोर्बिनले व्यक्तिगत रूपमा अलोकप्रिय र गिरफ्तार गरिएका आतङ्ककारी समूहहरूप्रति सहानुभूतिपूर्ण वक्तव्य दिएको भन्दै पार्टीभित्रै आलोचना खेप्नुपरेको थियो ।
यो लेबरको चौथो लगातार चुनावी पराजय हो, र कोर्बिनको नेतृत्वमा दोस्रो । चुनावी पराजयसँगै लेबर पार्टी अझै पाँच वर्ष सत्ताबाट बाहिर रहनुपर्ने निश्चित झैँ देखिएको छ ।
Leave a Reply