भर्खरै :

सभ्य शौच

सुन्दर वासी
खुला आकाशमुनि भव्य र सभ्य समारोह चलिरहेको थियो । खुला सभाका सहभागी भन्दैमा खुला शौच गर्न त मिलेन । देश नै खुला शौचमुक्त भइसक्यो । नजिकै एउटा सार्वजनिक भवनमा ताँती लागे ।
‘यत्रा कार्यक्रम आयोजना गर्ने । ठूला–ठूला अतिथि बोलाउने । न पाइला टेक्ने ठाउँ, न हात धुने वेशिन ?’ टाइसुट मिले पनि मुख बिग्रेका एक मानिस भुत्भुतिँदै निस्के ।
पालैसँग भित्र गएको अर्को मानिस नि निस्के । केही बोलेनन् । चप्पल लाएको खुट्टा अनि हात ओसिलै देखिए ।
तेस्रो मानिस हात पुछ्दै बाहिरिए । ‘सफा शौचालय सफा गरेर त छोड्नु प¥यो नि । होइन ?’ लाइनमा उभिएका साथीहरूसँग मुस्कुराए । सभातिरै लम्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *