भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
साहिला
देश सानो होस् या ठूलो
विकसित होस् या अविकसित
हरेक देशको
स्वाधीनता र सार्वभौमिकता
सबैको हुन्छ बराबर ।
स्वाधीन र सार्वभौम देशहरूको
छुट्टा छुट्टै झन्डा हुन्छ नै
भाषाभाषी भेषभूषा, परम्परा
कला संस्कृति, रीतिरिवाज
ऐन कानुन र संविधान
फरक फरक हुन्छ नै
जनताले इच्छाएको
शासन सत्ता पनि हुन्छ नै ।
तर,
यो संसारमा
बलियाले निर्बलियालाई
पुँजीवादले सर्वसाधारणलाई
दमन, अन्याय, अत्याचार
थिचोमिचो गरिरहन्छ ।
हरेक स्वाधीन देशहरूको
बहुमूल्य प्राकृतिक स्रोत साधनमाधि
लगाउँछन् आँखा लोभिएर
खुसाएर हुन्छ कि धम्काएर नै
स्वाधीन देशको नाम निशाना मेटाएर
लिन्छ तिनीहरूले दबाएर ।
सधैँ दविनु सधैँ लुटिनु
सधैँ अन्याय, अत्याचार सहनु
साम्राज्यवादीहरूको आक्रमण अतिक्रमण
विस्तारवादीहरूको थिचोमिचो
बाध्यता हाम्रो कहाँ छ र ?
हाम्रोमात्र रहर कहाँ हो र !
संसारका सचेत न्यायप्रेमी जनता
आफ्नो स्वाधीनता र सार्वभौमिकता
गुमाउन अब चाहन्न हेर
बरु
मुक्तिका लागि लड्न तयार छन्
दादागिरी स्वीकार्न चाहन्न ।
Leave a Reply