भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
– प्रतिष्ठा
सन् २००३ अक्टोबर ३१ का दिन
संसारका न्यायप्रेमी जनतामा
एउटा आशा पलायो
संयुक्त राष्ट्र सङ्घको बैठकबाट
एउटा महासन्धि अनुमोदन भयो
डिसेम्बर ९ को दिनमा
भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय दिवस
संसारभरि मनाउने निर्णय भयो ।
सन् २०११ को एक दिन
नेपालबाट महासन्धिको अनुमोदन भयो
बर्सेनि दिवस हुँदै आयो
तर भ्रष्टाचार झन् बढ्यो र
पञ्चायती दिन फेरि सुरू भयो
बहुदल र गणतन्त्र
भ्रष्टाचार र कमिसनमा लटपटिए ।
धमिजा काण्ड, एलसी काण्ड, मल काण्ड,
चेज एअर काण्ड, राडार काण्ड
एनसेल काण्ड, वाइडबडी काण्ड, फोरजी काण्ड,
हाइयात काण्ड, बालुवाटार काण्ड,
काण्डै काण्डमा फसे सरकारहरू
मन्त्रीको नामै कमिसनमा जोडियो ।
प्रधानमन्त्रीले मन्त्रीलाई सम्झाए–
कमिसनमा मेरो नाम नजोड्नु होला
कस्ता सरकारहरू हाम्रा ?
एक पूर्वमन्त्री भन्छन्–
नामै किटेर मन्त्रीको
जेल जान तयार भएर बस्नु !
एक सांसद थप्छन्–
मन्त्रीबाटै भ्रष्टाचार भइरहेको हो
यो त म भन्छु मलाई झुण्ड्याए पनि !
हो, सत्ताधारीहरूको अनुहार
भ्रष्टाचारी नै देखियो
विकल्प छान्न अब ढिलो भयो
संयुक्त राष्ट्र सङ्घको निर्णय पनि
कागजको खोस्टा हुने रहेछ ।
२०७६ मंसिर २७
Leave a Reply