भर्खरै :

भक्तपुर जिल्ला बचत सङ्घको १५ औँ साधारणसभा सम्पन्न

भक्तपुर, २९ मंसिर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १५ औँ वार्षिक साधारणा सभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेँले शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले गैरसमुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार हुने गरेको कुरा बताउँदै जनताको बचतलाई समुदायमा आधारित सहकारी संस्थाहरूले बढीभन्दा बढी उत्पादनमूलक र सेवामूलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । पँुजीवादमा कामदारमाथि भएको शोषणविरुद्धमा सहकारीको अवधारणा विकास भएको कुरा बताउँदै सहकारी संस्थाले आर्थिक लेनदेनमा मात्र सीमित नरही समुदायको बचतलाई शिक्षा, स्वास्थ्य तथा उत्पादनमूलक र पर्यटन विकासमा योगदान पु¥याउनुपर्ने कुरा बताउनुभयो ।
नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सहकारीलाई सहज हुने नीति तर्जुमा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारी ऐनमा कानुनी जटिल रहेमा सामूहिकरूपमा आवाज उठाउनुपर्ने कुरा बताउनुभयो । जिल्ला सहकारी सङ्घका उपाध्यक्ष कृष्ण बहादुर घजुले सहकारी विभागबाट सहकारीमा सन्दर्भ व्याजदर, सेवाशुल्क र नविकरण शुल्कनिर्धारण गरिएकोमा सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सनिस लागेजु, सङ्घका निवर्तमानअध्यक्ष राधेश्याम सुवाल, संस्थापक अध्यक्ष राजेन्द्र दुमरुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सभाको सभापतित्व गर्दै सङ्घका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले स्थानीय तहबाट सहकारीलाई कर असुल गर्ने निकायको रूपमा मात्र लिन नहुने कुरा बताउँदै सदस्य संस्थाहरूलाई सङ्घमा भएको वित्तीय कारोबार र सूचना तथा जानकारी मोबाइल एप्समार्फत् दिने उद्देश्यले सङ्घको लोगोसहितको मोबाइल एप्स सञ्चालनमा ल्याएको कुरा बताउनुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत, सचिव जगनाथ प्रजापतिले सङ्घको आ.व. २०७५।७६ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७५।७६ वित्तीय प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०७५।७६ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाबाट आ.व.२०७५।७६ मा ५७ करोड २८ लाखको कुल सम्पत्ति र १ करोड ३३ हजारको खुद बचतसहितको लेखा परीक्षण प्रतिवेदन पारित गरियो । साथै आ.व.२०७६।७७को कुल सम्पत्ति ६३ करोड १२ लाख ३२ हजार बजेट पारित गरेको छ । सङ्घको आफ्नै भवन निमार्णको लागि एक करोड बजेट विनियोजन गरिएको थियो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोषबाट बचत र ऋणको आधारमा अधिकत्तम बचतमा योगदान गर्ने सिद्धि गणेश साकोस, सिमल साकोस र उपकार साकोस र ऋणमा योगदान गर्ने संचित साकोस, लोहकिल्थलीमाता साकोस र बङ्गलामुखी साकोसलाई प्रशंसा पत्र वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *