भर्खरै :

सफाइ मजदुर भेला

भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिकामा कार्यरत सफाइ मजदुरहरूको भेला आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वातावरण समितिका सदस्य एवम् वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले सफाइ व्यवस्थापनसम्बन्धी बनेको कार्यदलअनुसार फोहोर व्यवस्थापन गर्न लागिपरेको जानकारी दिनुभयो ।
सफाइ मजदुरहरूको मेहनतले नै नगर सफा भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो भन्दा अझ बढी सफा गर्नेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।”
सफाइ मजदुरहरूले दुई महिनाको एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
कार्यपालिका सदस्य सुनिता अवालले आफू स्वस्थ र सफा भए अरूलाई पनि स्वस्थ र सफा पार्न सकिने बताउनुभयो ।
भनपा जनस्वास्थ्य केन्द्रका प्रमुख डा.रत्नसुन्दर लासिवाले खानपानमा एकदमै सजग हुनुपर्ने आवश्यकता औँल्याउँदै फोहोरमा काम गर्नेले रक्सी खानुपर्ने धारणा गलत रहेको बताउनुभयो ।
उहाँले सरसफाइमा काम गर्नेहरूलाई सङ्क्रामक रोगको खतरा बढी रहेकोले स्वास्थ्य परीक्षण गरिरहनुपर्ने चर्चा गर्दै सफाइ मजदुरहरूलाई एक्सरे, दिसा–पिसाब, हेपाटाइटीस, एचआईभीको निःशुल्क परीक्षण गराउने व्यवस्था रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा श्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *