३० मङ्सिर। प्रजग कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले प्रजग कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ । सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिनुभएको हो । सोमबार बिहान सोलमा प्रजग कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो क्रममा प्रजग कोरियाली आणविक दूत लि डु हुन पनि हुनुहुन्थ्यो । उहाँ दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल आइपुग्नुभएको हो । सो पत्रकार सम्मेलनमा उहाँले प्रजग कोरियाली दूतसामु भन्नुभयो– यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ । मलाई लाग्छ यस विषयमा प्रजग कोरिया पनि तयार हुनुपर्छ र हाम्रो कामका लागि अब हामी अघि बढ्नुपर्छ । प्रजग कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनमात्र अघि सरकारी समाचार संस्था (केसीएनए)मार्फत शनिबार सार्वजनिक गरेको जनाएको थियो । प्रजग कोरियाको यो जानकारी पछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ । विशेषदूत बेइगनले भन्नुभएको छ– अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन । उहाँले भन्नुभयो– हामीले तर नेताहरुले सिंगापुरमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने हो, त्यसका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध नै छौँ । प्रजग कोरियाले एक हप्ताभन्दा कम समयमा दुई ओटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ । प्रजग कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ । अमेरिका र प्रजग कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण प्रजग कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो । त्यो वार्तामा खासै कुनै नयाँ एजेण्डामा सहमति नभएको भए पनि वार्ता भने सकारात्मक भएको बताइएको थियो । प्रजग कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले प्रजग कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो । यस वार्ताको प्रस्तावको विषयमा प्रजग कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले प्रजग कोरियाले सिंगापुरमा व्यक्त गरेको निशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको जनाएको छ । तर पनि अमेरिकी यस भनाई सत्य नरहेको प्रजग कोरियाले बताउँदै आएको थियो । उसले भने सिंगापुरमा भएको प्रतिबद्धता बमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यस बमोजिम काम नगरेको बताउने गरेको छ । तर शनिबार भएको यस पछिल्लो आणविक परीक्षणपछि भने अब प्रजग कोरिया निशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाई रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस÷सिन्ह्वा)
Leave a Reply