भर्खरै :

पाटनमा बेपत्ता सकुशल घर फिर्ता

खलङ्गा, ३० मङ्सिर (रासस) : जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडिबुटी सङ्कलन गर्न गएका १२ जना आइतबार राति घर फर्किएका छन् । गत बिहीबार पाटन गएका उनीहरु जडीबुटी टिप्न गएका तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहरा, छविराज बोहरा, जङ्ग रावत, सुमबहादुर बोहरा, नरवीर बोहरा, तुलु बोहरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहरा, लाउरी बोहरा, रेश्मा बोहरा र मनमाया बोहरा र नरबहादुर बोहरा सकुशल घर आइपुगेको वडाध्यक्ष शेरबहादुर बोहराले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बेपत्ता भएको सूचना पाएपछि उद्धारका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखे पनि सबै सकुशल घर फर्की आएकाले स्थगन गरिएको बताउनुभयो ।
पातारासीको सल्लीलेकमा बेपत्ता
पातारी गाउँपालिकाको सल्लीलेकमा एक जना बेपत्ता भएका छन् । पातारासी गाउँपालिका–३ हुरी गाउँका रमेश बुढा २७ मङ्सिरदेखि सम्र्पकविहीन हुनुभएको छ ।
उहाँ सल्लीलेक पाटनमा जडीबुटी सङ्कलन गर्न जानुभएको थियो । त्यसयता उहाँ सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले बताउनुभयो । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बेपत्ता भएको जानकारी आएलगत्तै खोजतलास शुरु गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *