भर्खरै :

विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भक्तपुर, ३० मंसिर । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिका सो¥ह वटा विद्यालयबीच भुवनेश्वरी मावि, नंखेलको आयोजनामा भएको विज्ञान हाजिरीजवाफ प्रतियोगितामा वागीश्वरी माविको टोली प्रथम भएको छ ।
संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याइले पुरस्कृत विद्यालयका प्रतियोगीहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा न्याइच्याईले विद्यार्थीहरूको शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउन हाजिरीजवाफलगायत बौद्धिक क्रियाकलापले महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।
प्रतियोगितामा वागीश्वरी माविको नीशा लिगल र सायुज दुवालको टोली प्रथम, बासु माविको रजिना प्रधान र रोशन परियार द्वितीय, गणेश मावि सिपाडोलको रञ्जना त्यात र युल्सन तामाङको टोली तृतीय र आदर्श आजाद माविको÷रसिका लालुवा र सुनिल श्रेष्ठको टोलीले सान्त्वना स्थान प्राप्त ग¥यो ।
कार्यक्रममा तारा माविका प्र.अ. पुष्पलाल सुजखु र गणेश माविका प्र.अ. सुभद्रा लघु तथा सहायक प्रधानाध्यापक राजेश बासुले पनि बोल्नुभयो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकीको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *