परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
– काशीराम शर्मा
बाँके, ३० मंसिर । नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन÷चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो । उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो ।
परियार दोस्रोपटक सुत्केरी हुन प्रसूति गृह पुगेकी हुन् । उनले १४ वर्षमै पहिलो बच्चा जन्माएको बताइन् । सोही वडामा पर्ने पोद्दारपुरकी रेशमा खटीक (१८) पनि सुत्केरी हुनकै लागि प्रसूति गृह आइपुगिन् । उनका आँखा पहेँलिएका थिए, हातखुट्टा सुन्निएका थिए । अनमी सार्कीसँग ‘जीउ ग¥हुँगो भएर बेथा लाग्छ कि’ भनेर आएको बताउँदै थिइन् ।
प्रसूति कक्षमा बिहानैदेखि परियार पल्टिरहेकी थिइन् । अनमी सार्कीका अनुसार उनको रक्तचाप कम भएका कारण सुत्केरी गराउन ढिलाइ भएको हो । परियारलाई सुत्केरी गराउन नपाउँदै खटीक आइपुगेकी थिइन् । प्रसूति गृहमा शय्या एउटै मात्र भएकाले पालो कुर्नुपर्छ । त्यसो त यहाँ सुत्केरी हुन आउनेको भीड नै लाग्ने गरेको छ ।
उनको उपचारमा संलग्न अनमी सार्कीले माछा, मासु, अण्डा, फलफूल र दूध–दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँदै थिइन् । गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिँड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि परियार र खटीकले त्यसको कारण थाहा पाउन सकेका थिएनन् । “सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन् भन्ने पनि उनीहरूलाई थाहा छैन,” अनमी सार्कीले भनिन् ।
स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिकरूपमा अपरिपक्व नै मानिन्छ । विसं २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ तर यहाँ सुत्केरी हुन परियार र खटीकजस्ता धेरै किशोरीहरू आउने गरेका छन् । गर्भवती भएर आउँदा उमेर सोधेपछि हामीलाई उदेक लाग्छ, धेरैले १३÷१४ वर्षमै बिहे गरिसकेका हुन्छन् र १८÷१९ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा बनिसकेका हुन्छन् । अनमी सार्कीले भनिन्, “कम उमेर भयो भनेर हामीले सुत्केरी गराउँदैनौं भन्न मिल्दैन । बालविवाहले नै यस्तो अवस्था ल्याएपछि हामीले कसरी रोक्नु ?”
त्यस्ता किशोरीलाई यहाँ तीनमहिने सुई लगाउन सुझाव दिने गरिएको छ । उनले भने, “तीनमहिने सुई लगाउनुस् भनेर हामीले नै सहमत गराउँछौं । धेरैले तीनमहिने सुई लगाएका कारण किशोरावस्थामै सुत्केरी हुनबाट रोक्न सकेका छौं । कोही कोही मान्दैनन् । नमान्नेलाई जबर्जस्ती गर्न मिलेन ।”
उक्त वडाका ७० प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका किशोरीहरू छन् जो सुत्केरी हुन यहाँ आउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने उहाँको भनाइ छ ।
Leave a Reply