भर्खरै :

अमेरिकी विशेष दूतद्वारा प्रजग कोरियासँग वार्ता प्रस्ताव

सोल, ३० मंसिर (सिन्ह्वा) । प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले प्रजग कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ ।
उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रूपमा लिएको समाचारमा जनाइएको छ ।
सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिनुभएको हो ।
सोमबार बिहान सोलमा प्रजग कोरिया र दक्षिण कोरियाका आणविक दूतहरूको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
सो क्रममा प्रजग कोरियाली आणविक दूत लि डु हुन पनि हुनुहुन्थ्यो । उहाँ दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल आइपुग्नुभएको हो ।
सो पत्रकार सम्मेलनमा उहाँले प्रजग कोरियाली दूतसामु भन्नुभयो– यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ । मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ र हाम्रो कामका लागि अब हामी अघि बढ्नुपर्छ ।
उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनमात्र अघि सरकारी समाचार संस्था (केसीएनए) मार्फत शनिबार सार्वजनिक गरेको जनाएको थियो ।
उत्तर कोरियाको यो जानकारीपछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रूपमा लिइएको समाचारमा जनाइएको छ ।
विशेषदूत बेइगनले भन्नुभएको छ, “अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन ।”
उहाँले भन्नुभयो, “हामीले तर नेताहरूले सिङ्गापुरमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने हो, त्यसका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध नै छौँ ।”
प्रजग कोरियाले एक हप्ताभन्दा कम समयमा दुई वटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ । प्रजग कोरियाको सोहाएबाट नै यी परीक्षणहरू गरेको समाचारमा जनाइएको छ ।
प्रजग कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले प्रजग कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरू गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो ।
तर, पनि अमेरिकी यस भनाइ सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको थियो । उसले भने सिङ्गापुरमा भएको प्रतिबद्धताबमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यसबमोजिम काम नगरेको बताउने गरेको छ ।
तर, शनिबार भएको यस पछिल्लो आणविक परीक्षणपछि भने अब प्रजग कोरिया निःशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाइ रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *