भर्खरै :

झरीले काँचो इँटा नष्ट

वीरगञ्ज, ३० मंसिर । बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिब रु. १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको छ । इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक महिनादेखि मजदुर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ । बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ ।” यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ । मजदुरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरूले जनाएका छन् । भारतका विहार, उत्तर प्रदेश लगायत क्षेत्रबाट काम गर्न मजदुर उद्योगमा आउने गर्दछन् ।
त्यस्तै दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पुगेको छ । जिल्लामा १८ वटा इँटा भट्टा छन् ।
नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए । त्यसै समयमा पानी परेपछि इँटा बिग्रिएको हो । काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा नआउने उहाँले बताउनुभयो ।
पानीका कारण कम्तीमा रु. दुई करोड नोक्सान भएको सापकोटाको भनाइ थियो । बल्ल तल्ल जुटाएको माटो र मजदुर फेरि जुटाउनुपर्ने उहाँको भनाइ छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पु¥याएको जानकारी दिनुभयो । नेपालमा एक हजार २५० हाराहारी इँटा उद्योग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *