क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
विजयन्ता लालवाणी
हालै पारित भएको नागरिकता ऐनविरुद्ध भारतभरि आन्दोलनको उभार उठ्यो, आइतबार साँझ एउटा भिडियो एकाएक निकै चर्चित बन्यो । त्यो भिडियोमा प्रहरीले घेरेर एक जना युवकलाई निर्ममतापूर्वक सडकको पेटीमा कुटपिट गरिरहेको थियो । युवकलाई जोगाउन पाँच जना महिला प्रहरीसँग भिडिरहेका थिए ।
भिडियोमा प्रहरीहरूले भवनको परिसरबाट युवकलाई बाहिर आउन भनिरहेका थिए । तर, छात्राहरू प्रहरीहरूमाथि चिच्याइरहेका थिए । उनीहरू प्रहरीलाई त्यहाँबाट भगाउन खोजिरहेका थिए । तर, युवकले छात्राहरूलाई भवन परिसरबाट बाहिर जानबाट रोक्न अघि बढ्दा प्रहरीले तिनलाई कठालो समातेर सडकतिर घिसारेको देखिन्छ । त्यहाँ प्रहरीले तिनीमाथि लाठीले निर्ममतापूर्वक पिटिएको छ । तर, पाँच जना छात्राले युवालाई घेरामा राखेर प्रहरीको कुटपिटबाट जोगाएका थिए ।
निडर छात्राहरूको घेरामा युवा र वरपर सञ्चारकर्मीको भिड देखेपछि प्रहरी त्यहाँबाट पछि हटेका थिए ।
त्यो भिडियो सामाजिक सञ्जालहरूमार्फत निकै भाइरल बन्यो । प्रहरीहरूको निर्मम कुटपिटसामु निडरतापूर्वक लडेका छात्राहरूको जताततै प्रशंसा हुनथाल्यो । “हामी राज्य र सरकारलाई चुनौती दिइरहेका थियौँ”, पाँच जना निडर छात्राहरूमध्ये एक अख्तरिस्ता अन्सारीले भनिन् ।
“मैले त्यहाँ जे गरेँ, त्यसप्रति म आफैँमा गर्वान्वित छु”, जामिया इस्लामिया विश्वविद्यालयमा समाजशास्त्र पढिरहेकी १९ वर्षकी छात्रा अन्सरीले भनिन्,“यो विरोध प्रदर्शन जारी रहने छ किनभने यो दुई दिनको आन्दोलन होइन ।”
झारखण्डदेखि केरालासम्म
पाँच जना छात्राहरू भारतका विभिन्न राज्यबाट जामिया इस्लामिया विश्वविद्यालयमा पढ्न आएका हुन् । अन्सारी सन् २०१४ मा झारखण्डको दिओगढबाट दिल्ली आएकी हुन् । उनी जामियामा कक्षा ११ मा पढ्दै छिन् । वर्षकी चन्दा यादव उत्तरप्रदेशको चिन्डोलीबाट हिन्दी साहित्य पढ्न सन् २०१७ मा दिल्ली आएकी हुन् । २२ वर्षकी लडिडा फर्जाना गत सालमात्र इस्लाम पढ्न केरालाको तटीय सहर कान्नुरबाट दिल्ली आएकी हुन् । केरालाकै अर्की अयिशा रेन्ना जामियामा स्नातकोत्तर तह अध्ययन गर्दै छिन् । तसनिम पनि उनकै कक्षामा पढ्दै छिन् ।
डिसेम्बर १२ को साँझ क्याम्पसमा नागरिकता ऐनविरुद्ध जामिया क्याम्पसमा पहिलो विरोध प्रदर्शनको नेतृत्व गर्ने थोरै छात्रामध्ये अन्सरी र यादव थिए । “नागरिकता ऐनविरुद्ध त्यो एउटा छात्रा प्रदर्शन थियो । जुलुस पुरानो छात्रावासबाट सुरु भई नयाँ छात्रावाससम्म पुगेको थियो”, अन्सरीले भनिन् ।
त्यो साँझ खिचिएको एउटा तस्वीर भने निकै लोकप्रिय बन्यो । तस्वीरमा यादव, रेन्ना र फरजाना प्रहरीको प्रतिकारमा औँला ठड्याएर उभिएका थिए । उनीहरूमध्ये फरजानामात्र आइतबार भएको नागरिकता ऐनविरोधी प्रदर्शनमा सहभागी बन्न बाहिर निस्केकी थिइन् । युवकमाथि प्रहरीले कुटपिट गर्दा उनको दम बढेको थियो । तर, उनलाई पटक्कै डर लागेको थिएन ।

“म प्रहरीसँग डराएकी थिइनँ । त्यो बेला हाम्रो ध्यान हाम्रो भाइलाई जोगाउनुमा केन्द्रित थियो”, उनले भनिन् ।
दक्षिण दिल्लीको न्यु फ्रेन्डस कोलोनीस्थित माता मन्दिर सडकमा साँझ ५ः३० बजे भिडन्त सुरु भएको अन्सरीले भनिन् । विरोध जुलुसमा सहभागी बन्न छात्राहरू त्यही भेला भएका थिए । तर, त्यो जुलुस नै अन्त्यमा भिडन्तमा परिणत भयो ।
विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गर्न थालेपछि उनीहरू लुक्न गएका थिए । “हामी एउटा भवनभित्र पस्यौँ किनभने त्यहाँको ढोका खुला थियो । हामीले त्यहाँभित्र पसे सुरक्षित हुने सोच्यौँ”, यादवले भनिन् ।
अन्सरीले प्रहरीले हमला गरेको युवा जामिया मिल्लिया इस्मालियामा आमसञ्चारको विद्यार्थी अब्दुल्लाह भनी चिनिन् । त्यो दिन अब्दुल्लाहले पत्रकारको परिचय पत्र पनि बोकेका थिए । प्रहरीलाई अब्दुल्लाहले परिचय पत्र पनि देखाए । तर, प्रहरीले उनीमाथि हमला ग¥यो । अन्सरी र यादव दुवैले सम्झे ।
उनलाई पिट्नुपर्ने कुनै कारण नै थिएन । यादवले भनिन्, “प्रहरीहरू चिच्याउँदै थिए–यसलाई तानेर गोड् ।” अन्सरीले प्रहरीलाई पटक पटक अब्दुल्लाहलाई नपिट्न आग्रह गरेको तर कसैले नसुनेको बताइन् । बरु प्रहरीले पाँचै छात्रालाई अश्लील र आक्रामक गाली गरेका थिए ।
छात्राहरूले वरपरका बासिन्दालाई सहयोगको लागि हारगुहार गरे । तर, प्रहरीले सबैलाई धम्काएका थिए । “प्रहरीले उनीहरूलाई घरको झ्यालढोका बन्द गर्न नभए उनीहरूमाथि पनि कुटपिट गर्ने चेतावनी दिएका थिए”, उनले भनिन् ।
पछि छात्राहरूले प्रहरीलाई धपाउन सफल भए । त्यत्तिञ्जेल अब्दुल्लाहको नाक र मुख रगताम्य भइरहेको थियो । विद्यार्थीहरूले उनलाई क्याम्पसको नजिक रहेको होली फ्यामिली अस्पतालमा रिक्साबाट पु¥याए ।
प्रहरीको लाठीले यादव पनि घाइते भइन् । उनको दायाँ खुट्टामा प्रहरीको लाठी बज्रियो । अब्दुल्लाहलाई जोगाउने क्रममा उनी पनि घाइते भएकी थिइन् ।
“उनीहरूले लाठी वर्षाए पनि अब्दुल्लाहसम्म पुग्न मलाई कति पनि डर लागेन”, उनले दरिलो भएर भनिन् । “यो देश हिन्दुको मात्र होइन । सबैको लागि समान हो । यो नागरिकता ऐन गलत छ ।”
स्रोत ः स्क्रोल डट आइएन
नेपाली अनुवाद ः सुमन
Leave a Reply