भर्खरै :

चिकपाद्वारा पार्टी स्वशासनलाई दृढताका साथ सुदृढ गर्न रणनीतिक योजनाहरू तयार

चिकपाद्वारा पार्टी स्वशासनलाई दृढताका साथ सुदृढ गर्न रणनीतिक योजनाहरू तयार

पेइचिङ ६ असोज (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले सोमबार चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता गर्नुभयो । उक्त बैठकले दृढताका साथ पूर्ण र कठोर पार्टी स्वशासनलाई सुदृढ गर्ने प्रमुख मुद्दाहरूको अध्ययन ग¥यो र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनको मिति तय ग¥यो ।
बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक अक्टोबर २६ देखि २९ तारिख पेइचिङमा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले पूर्ण र कठोर पार्टी स्वशासनलाई दृढताका साथ सुदृढ गर्ने सम्बन्धमा चिकपा केन्द्रीय समितिको निर्णयको दस्ताबेजलाई छलफलको लागि पूर्ण बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ ।
निर्णयको पहिलेको मस्यौदा परामर्श लिइएकाहरूबाट व्यापक समर्थन प्राप्त गर्दै पार्टीका सदस्य र गैर–पार्टी व्यक्तित्वहरूबिच टिप्पणीको लागि परिचालित गरिएको थियो ।
बैठकले नयाँ युगमा पूर्ण र कठोर पार्टी स्वशासनलाई अगाडि बढाउन उपलब्धि र अनुभवको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने, वर्तमान र आगामी अवधिमा पार्टी निर्माणका लागि सामना गर्नुपर्ने अवस्था र कार्यहरूको गहिरो विश्लेषण गर्ने र पूर्ण र दृढताका साथ पार्टीलाई निरन्तर अगाडि बढाउन रणनीतिक योजनाहरू तयार गर्ने उल्लेख गरेको छ ।
बैठकले दृढताका साथ पूर्ण र कठोर पार्टी स्वशासनलाई सुदृढ गर्न पार्टीको समग्र नेतृत्व र चिकपा केन्द्रीय समितिको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई कायम राख्न, डगमगाइकन कठोर दृष्टिकोण कायम राख्न र पूर्ण र कठोर स्वशासनको अभ्यासका लागि प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी समयको अग्रपङ्क्तिमा रहने, जनताको पूर्ण समर्थन प्राप्त गर्ने, सबै किसिमको परीक्षाको सामना गर्ने र चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा बलियो नेतृत्वको केन्द्रको रूपमा काम गर्ने एउटा जीवन्त माक्र्सवादी शासक पार्टीको रूपमा रहने सुनिश्चित गर्न प्रयास गर्नुपर्छ, बैठकले जोड दियो ।
बैठकले पूर्ण र कठोर पार्टी स्वशासनलाई अडिग रूपमा अगाडि बढाउन, उच्च मापदण्ड अपनाउने र पार्टी निर्माणका प्रमुख समस्याहरूलाई सम्बोधन गर्न थप ठोस उपायहरू अवलम्बन गर्ने महत्व र अत्यावश्यकतालाई पूर्ण रूपमा स्वीकार गर्न आह्वान गरेको छ ।
बैठकमा अन्य विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *