भर्खरै :

ल्याटिन अमेरिका र क्यारिबियाली देशहरू अमेरिकी सरकारको आक्रमणको लक्ष्यमा

ल्याटिन अमेरिका र क्यारिबियाली देशहरू अमेरिकी सरकारको आक्रमणको लक्ष्यमा

संयुक्त राष्ट्र सङ्घ, ६ असोज (ग्रान्मा) । “ल्याटिन अमेरिकी र क्यारिबियाली देशहरू संरा अमेरिकी सरकारको पुरातन मोनरो डक्ट्रिन, नयाँ र संदिग्ध ‘कोरोलरी’ सिद्धान्तअन्तर्गत आक्रामक गतिविधिद्वारा लक्षित गरिएका छन्,” क्युवाली कम्युनिस्ट पार्टी राजनीतिक ब्युरोका सदस्य र क्युवाली विदेश मामिलामन्त्री ब्रुनो रोड्रिग्वेज परिलाले सोमबार भन्नुभयो ।
संयुक्त राष्ट्र सङ्घीय महासभाको बैठकको साइडलाइनमा ल्याटिन अमेरिकी र क्यारिबियाली राष्ट्र समुदाय–सेलाकको बैठकमा बोल्दै विदेशमन्त्री पेरिल्लाले लागूऔषध तस्करी वा अस्तित्वमा नभएको लागूपदार्थ–आतङ्कवादविरुद्ध लड्ने बहानामा सैनिकीकरणलाई प्रभुत्वको साधनको रूपमा प्रयोग गरिएको छ । हाम्रो क्षेत्रका धेरै देशहरूको अर्थतन्त्रमा दण्डात्मक शुल्कहरू लगाइएको छ भन्नुभयो । “हामीलाई ‘सहयोगी र प्रतिद्वन्द्वीहरू’ मा विभाजित गर्न खोज्ने षड्यन्त्रकारी चालहरू प्रवद्र्धन भइरहेका छन् र त्यहाँ कमजोर संयन्त्र र संयन्त्रको प्रयासहरू भइरहेका छन् ।” उहाँले भन्नुभयो ।
विदेश मामिलामन्त्री पेरिल्लाले क्युवाविरुद्ध संरा अमेरिकाको आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दीको अभूतपूर्व सुदृढीकरणको निन्दा गर्दै भन्नुभयोे, ऊर्जा नाकाबन्दीलगायत यसको प्रभावमा जलसैनिक नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्धको कार्य हो । यो तथाकथित माध्यमिक प्रतिबन्धहरू, एक हिंसात्मक मिडिया आक्रमण र सैन्य आक्रमणको व्यवस्थित धम्कीले बढेको छ ।”
उहाँले सेलाकलाई सामूहिक रूपमा निर्मित सम्पदाको रक्षा गर्न र हाम्रा संस्थापक पिताहरूको स्वतन्त्रताको सपनालाई वास्तविकता बनाउन काम गर्न आह्वान गर्नुभयो ।
आफ्नो भाषणमा विदेश मामिलामन्त्री ब्रुनो रोड्रिगेज पेरिल्लाले धन्यवाद दिँदै भन्नुभयो, “सबैमा हार्दिक धन्यवाद क्युवाली जनता, सरकार र जनताको तर्फबाट जसले हामीलाई यो कठिन समयमा सहयोगी हात बढाएका छन् ।”
उहाँले साझा समुदायका सिद्धान्तहरूप्रति क्युवाको प्रतिबद्धतालाई जोड दिनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घीय महासचिव ल्याटिन अमेरिकी वा क्यारेबियाली व्यक्ति हुनुपर्ने क्षेत्रीय स्थितिको लागि आफ्नो देशको समर्थन पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *