भर्खरै :

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान, ५ असोज (एएफपी) । इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।
युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङटनबिच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन् ।
इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्सका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै बताउनुभयो, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्वपूर्ण परिवर्तनहरू हुनेछन् ।”
हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्याउनेछौँ र यसले विश्वलाई चकित पार्नेछ, उहाँले थप्नुभयो ।
आफ्ना लक्ष्यहरू पनि पहिलेजस्तै नहुने बताउँदै आफूसँग अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू रहेको बताउँदै गाड्र्सले आफूहरू दीर्घकालीन युद्धका लागि तयार रहेको पनि बताउनुभयो ।
सरकारी टेलिभिजनका अनुसार, शनिबार इरानी सेनाको केन्द्रीय कमान्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो, तर यसको विस्तृत विवरण भने दिइएको थिएन ।
गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबिचको लडाइँ केही मत्थर भएको छ, यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ । दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एक–अर्काविरुद्ध नाकाबन्दी कायम राखेका छन् ।
हाल युद्ध यमनसम्म फैलिएको छ† त्यहाँ इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी–समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् भने राजधानी रियादलगायत साउदीका विभिन्न लक्ष्यहरूमा आक्रमणहरू गरिरहेका छन् ।
यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी
यसैबिच इरान समर्थित हुथी विद्रोही समूहका एक वरिष्ठ नेताले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिएका छन् ।
हुथी समूहको राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–बुखाइतीले आइतबार द एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँका अनुसार यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी समूहको गतिविधि बढ्दै बाब अल–मन्देब जलडमरूमध्यसम्म पुगेपछि अमेरिकाले हुथी समूहसँग सम्पर्क गरेको थियो ।
अल–बुखाइतीले अमेरिकी पक्षसँग भएको सम्पर्कको क्रममा हुथी समूहले लाल सागरमा अमेरिकी पानीजहाजलाई लक्षित नगर्ने स्पष्ट पारेको बताउनुभयो । उहाँका अनुसार समूहले उक्त क्षेत्रमा अमेरिका वा अन्य कुनै राष्ट्रका पानीजहाजलाई लक्षित नगर्ने नीति रहेको जनाएको छ । यद्यपि, उहाँले साउदी अरेबियालाई भने यसबाट अलग राख्नुभएको छ ।
“हामीले जलडमरूमध्यमा अमेरिका वा अन्य कुनै राष्ट्रलाई लक्षित नगर्ने कुरा स्पष्ट गरेका छौँ । साउदी अरेबिया भने यसको अपवाद हो,” उहाँले एपीसँगको अन्तर्वार्तामा भन्नुभएको छ ।
यमनमा बढ्दो तनाव
यमनमा लामो समयदेखि जारी राजनीतिक तथा सैन्य द्वन्द्व पछिल्लो समय पुनः तीव्र बन्दै गएको छ । हुथी समूहले यमनका विभिन्न क्षेत्रमा आफ्नो प्रभाव कायम राखेको छ भने साउदी अरेबियाले यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारसँग सम्बन्धित पक्षलाई समर्थन गर्दै आएको छ ।
पछिल्लो घटनाक्रमले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्यको सुरक्षाप्रति पनि चासो बढाएको छ । विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको यस क्षेत्रमा उत्पन्न हुने तनावले अन्तर्राष्ट्रिय जल यातायात तथा क्षेत्रीय सुरक्षामा असर पार्न सक्ने चिन्ता व्यक्त हुँदै आएको छ ।
हुथी समूहका नेताको पछिल्लो भनाइले यमनको द्वन्द्वमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पक्षहरूको भूमिकाबारे थप बहस सिर्जना गरेको छ । यद्यपि, द्वन्द्वसँग सम्बन्धित पक्षहरूबाट आउने दाबीहरू फरक हुन सक्ने भएकोले घटनाक्रमको मूल्याङ्कन गर्दा स्वतन्त्र तथा आधिकारिक स्रोतबाट प्राप्त विवरणलाई समेत ध्यान दिन आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *