भर्खरै :

नेकपाले कम्युनिस्टको जिम्मेवारी पूरा गरेको छैन

– गोपाल नगरकोटी
नेकपाले आफूलाई कम्युनिस्ट पार्टी भनेर देश–विदेशमा फुक्यो । तर, कम्युनिस्टको सिद्धान्त र विचारको खासै प्रचार गरेन, जनतालाई सुसूचित पार्ने काम गरेन । पार्टीको कुनै पनि सम्मेलन, परिषद्, बैठक पार्टीको सिद्धान्तअनुसार क्रियाकलाप भइरहेको छ कि छैन, सरकारले त्यसलाई व्यवहारमा लागू गर्न के–कति ऐन, कानुन बनाइरहेको छ भन्नेतर्फ केन्द्रित हुनुपथ्र्यो । सिद्धान्त र विचार कम्युनिस्ट आचरण अनुकूल भएन भने दल ठूलो भए पनि, सरकारको नेतृत्व गरिरहे पनि बहुमत जनताको हित हुने छैन, कम्युनिस्टको धर्म पूरा भएको हुने छैन । अहिले नेकपाको स्थायी समितिको बैठक चालू छ । बैठकमा नेकपाले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कति प्रतिशत या अंश लागू गरिरहेको छ भन्नेबारे समीक्षा गरिनुपर्छ । सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न जोड दिइनुपर्छ ।
बैठकमा केही नेताहरूले पाटीको न्यूनतम कार्यक्रम नै समाजवाद हुनुपर्ने विचार व्यक्त गरेको जानकारी प्रकाशमा आयो । नेकपा कम्युनिस्ट पार्टी नै होइन भनिरहेको बेला उक्त कुरा छोप्न नेताहरूले पार्टीको न्यूनत्तम कार्यक्रम समाजवाद हुनुपर्ने विचार व्यक्त गरेका हुन् कि ? पार्टीको कार्यक्रम शब्दमा समाजवादी राखेर तद्नुसार काम हुँदैन भने त्यो हात्तीको देखाउने दाँतबाहेक अर्को हुने छैन । आफूलाई शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार दाबी गर्ने नेता र मन्त्रीहरूले नेपालको संविधानमा उल्लेख भएको ‘समाजवादउन्मुख राज्य’ अनुसार नै प्रक्रिया अघि बढाएका छैनन् । स्थायी समितिको बैठकको केन्द्रबिन्दु बैठक राखेको र नराखेको गुनासोभन्दा नेकपा साँच्चै कम्युनिस्ट बनाउन पार्टीले के–कस्ता नीति, निर्णय र पार्टीको विधान फेर्नुपर्नेतर्फ हुनुपर्ने हो ।
सरकारले झोलुङ्गे पुल बनाएर, दुई–चार ठाउँमा पीच गरेर, पानीजहाज ल्याएर कम्युनिस्टको शासन हुँदैन, त्यो काम कम्युनिस्ट शासनभित्र पर्दैन । समुदात्न्दा निजीलाई बढावा दिएर कसरी कम्युनिस्टको शासन हुन्छ ? नेताहरू आफूलाई उच्च पदमा नलगेकोमा, मन्त्री नबनाइएको कारण नेताहरुले सरकारको खोइरो खन्ने होइन । कार्यकर्तादेखि नेता सबैले पार्टीको सिद्धान्त र विचार सही बनाउनुपर्छ, खोटो विचारको खण्डन र विरोध गर्नुपर्छ । कम्युनिस्टको भजन गाएर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारको खिल्ली उडाएर जनतालाई झुक्याउनु हुँदैन, झुक्याउन पाइँदैन । नेकपा माक्र्सवाद लेनिनवादलाई नेपालको परिवेशअनुसार लागू गर्न अघि बढ्नुपर्छ । सरकारको नेतृत्व गरेको नाउँमा नेकपाले वर्गसङ्घर्षको भावना छोड्नुहुँदैन । कम्युनिस्ट आन्दोलन अघि बढाएर आमूल परिवर्तनको बाटो तयार गर्न शोषित–पीडित जनतामा कम्युनिस्टको सिद्धान्त र विचार पु¥याएर सुसूचित, सङ्गठित बनाउनुपर्छ र आन्दोलित बनाइनुपर्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *