कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
सत्तारूढ दल नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनको लागि भएको गठबन्धन सिद्धान्तहीन राजनीतिको पछिल्लो नमुना हो । राजपा र नेकपाबीच राष्ट्रियसभाको निर्वाचनको लागि भएको दुईबुँदे सम्झौता सिद्धान्तहीन राजनीतिको उदाहरण हो । यतिबेला राजपा प्रतिपक्ष खेमामा छ । धेरै विषयमा उसले ओली सरकारसँग विमति राख्दै आएको छ । तर, चुनाव जित्नकै लागि सत्तापक्षको इजार समात्न जानु उसको स्वार्थी र सिद्धान्तहीन राजनीतिकै दृष्टान्त हो ।
राजनीति यदि खेल हो भने यसका केही नियम हुन्छन् । राजनीतिका खेलाडीले तोकिएको नियमभित्र रहेर खेल्दामात्र राजनीतिले देशलाई अघि बढाउन सक्छ । तर, जित्न र आफ्नो स्वार्थको लागि जे पनि गर्ने, नियमको कुनै पर्वाह नगर्ने खेलाडीले राजनीतिलाई एउटा अनुशासित खेलभन्दा पनि भाँडभैलोमा परिणत गरिदिन्छ । राजपा विपक्षमा रहनुको अर्थ सरकारका गतिविधिप्रति आलोचनात्मक भूमिका खेल्नु हो । तर, चुनाव जित्नको लागि सत्ता पक्ष र प्रतिपक्षबीचको सिमाना मिच्नुले राजपाको राजनीतिक भूमिकाप्रति संशय जन्माएको छ । राजपा सत्तापक्ष हो वा प्रतिपक्ष ? प्रतिपक्षमा बस्न जनतासमक्ष उसले देखाएका आधार सब झूट सावित भएको छ । राजनीतिले सिद्धान्तको लिक छोड्दा दुर्घटना हुने सम्भावना सधैँ रहन्छ । राजपा र नेकपा दुवैले यतिबेला स्वार्थको लागि सिद्धान्तको लिक छोडेका छन् ।
सरकारमा सामेल समाजवादी पार्टीको निर्लज्जता पनि यतिबेला चर्चाको विषय बनेको छ । समाजवादी पार्टीका नेता उपेन्द्र यादव सार्वजनिकरूपमै नेकपा नेताहरूबाट आफू अपमानित भएको दुःखेसो पोख्छन् । स्वास्थ्य मन्त्रालयबाट उनलाई अर्को मन्त्रालयमा सरूवा गर्दा पनि उस्तै पीडा सार्वजनिक रूपमा पोखेका थिए । यति अपमान हुँदा पनि यादवले सत्ता भने छोडेका छैनन् । उनी लिसो टाँसिएजस्तै सरकारमा टाँसिएर बसेका छन् । मन्त्री भएर सरकारको खुला आलोचना गर्दै हिँड्ने, अपमानबोध गर्ने अनि फेरि सरकार पनि नछोड्ने प्रवृत्ति सत्तास्वार्थको अर्को उदाहरण हो । प्रजातान्त्रिक व्यवस्थामा सरकारमा बसेको दलले सार्वजनिकरूपमा सरकारको विरोध गर्दै हिँड्नु अनैतिकता हो । सरकारमा पनि बस्ने अनि सरकारको विरोध पनि गर्नु दोहोरो चरित्र हो । दोहोरो चरित्रको राजनीति अनुशासनहीनताको उदाहरण हो ।
आजको राजनीतिक परिदृश्यमा राष्ट्रिय जनमोर्चाको भूमिका पनि उस्तै देखिंदै छ । बाग्लुङको चुनावमा नेकपासँग मिलेर राजमोले चुनाव जित्यो । तर, उसले आपूmलाई प्रतिपक्ष भन्न छोडेको छैन । सत्तापक्षको आडमा चुनाव जित्ने तर फेरि उसको विरोध गर्छु भन्नु अनैतिकता हो । राजमोले पनि आज त्यही सिद्धान्तहीनताको खेल खेलिरहेको छ ।
सिद्धान्तहीन राजनीतिले व्यवस्थालाई फोहोर बनाउँछ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अहिले सत्तासीन राजनीतिक दलहरूबाट भएका सिद्धान्तहीनताका कारण देशले ठूलो मूल्य चुकाउनुप¥यो । अहिले पनि यी दलहरूले गर्ने सिद्धान्तहीन गतिविधिका कारण देशले नोक्सानी भोग्ने अवस्था आउन सक्छ । राजनीतिलाई स्वार्थको खेलको रूपमा मात्र लिने र स्वार्थसिद्ध गर्न जे पनि गर्न पछि नहट्ने सोचले राजनीतिलाई सही नतिजामा पु¥याउन सक्दैन ।
Leave a Reply