‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
(संरा अमेरिकी पत्रकार अन्ना लुई स्ट्रङले स्तालिनको स्मरणमा लेख्नुभएको आलेख ‘स्तालिन’ का केही अंशको अनुवाद ।
पहिलो पटक स्तालिनलाई भेट्दा मलाई उनी अप्ठ्यारो महसुस भएन । मैले भेटेकामध्ये कुरा गर्न सबभन्दा सजिलो मान्छे भएको पाएँ स्तालिन । मेरो अनुभवमा उनी अहिलेसम्मकै र धेरै पछिसम्मका पनि सबभन्दा उत्कृष्ट समितिका सभापति थिए । उनी सबैका धारणा सुन्थे र छोटो समयमै ती सबै विचारलाई एक ठाउँमा राख्न सक्थे । उनको बैठक सञ्चालन गर्ने तरिका मलाई हल हाउसको जेन एडम्स वा हेनरी बस्तीका लिलियन डी वाल्डको जस्तो अनुभव भयो । उनीहरू उस्तै प्रजातान्त्रिक प्रभावकारी तरिका प्रयोग गर्थे । तर, स्तालिनको तुलनामा उनीहरू अझ बढी दबाब दिन्थे । … यदि मैले राजनीतिक नेताहरूबीच स्तालिनको विषयमा चर्चा गर्नुपरे म उनलाई अत्यन्त असल समितिबद्ध मानिसको रूपमा व्याख्या गर्छु । २० करोड मानिसका नेताको लागि के यो उपयुक्त विशेषण हो ? म बरु उनलाई दूरदर्शी राजनेता भन्न रुचाउँछु । हो, यही सत्य हो । स्तालिनको प्रतिभा उनको असल समिति परिचालनबाट अभिव्यक्त हुन्छ । उनी महान थिए भन्ने वास्तविकताभन्दा पनि मिलेर काम गर्नसक्ने उनको प्रतिभा अझ बढी महत्वपूर्ण हो ।
सोभियत जनता कहिल्यै पनि ‘स्तालिनको इच्छा’ वा ‘स्तालिनको आदेश’ भनी कुरा गर्दैनन् । उनीहरू ‘सरकारका निर्देशन’ र ‘पार्टी नीति’ भनी कुरा गर्छन् । ‘सरकारको निर्देशन’ र ‘पार्टी नीति’ सामूहिक निर्णयमा आधारित हुन्थे । तर, सोभियत जनता ‘स्तालिनको तरिका’ बारे कुरा गर्थे । उनीहरू सबै ‘स्तालिनको तरिका’ बाट सिक्न चाहन्थे । स्तालिनको काम गर्ने तरिका भन्नाले धेरै मानिसका कुरा बुझेर शीघ्र निर्णय गर्नु हो । यो समितिमा काम गर्ने असल तरिका हो । राजनीतिमा लाग्ने प्रतिभाशाली सोभियत युवाहरू यो तरिकाको गम्भीररूपमा अध्ययन गर्थे । …
क्रान्तिका सुरुका दिनमा स्तालिनको नाम पार्टी बाहिर बिरलैमात्र सुनिन्थ्यो । सन् १९२३ मा लेनिन अन्तिम चोटि बिरामी परे । मैले विश्वास गर्ने मान्छेहरूले अब स्तालिनको नेतृत्वमा आउने बताए । कम्युनिस्ट पार्टीको सचिवको रूपमा राजनीतिक शक्तिको गहिरो ज्ञान र राजनीतिक सङ्गठनको परिचालनको आधारमा उनीहरूले त्यस्तो विश्लेषण गरेका थिए । समयमै काम गर्ने उनको शैलीमा पनि उनीहरूको भनाइ आधारित थियो । क्रान्तिको क्रममा उनले गरेको विश्लेषण कुनै पनि कुरा गलत नभएको ती मानिसहरूले मलाई सुनाए । उनीहरूका अनुसार स्तालिनलाई सबै कार्यकर्ता आफ्नो भावनालाई स्पष्ट वाक्यमा भन्न सक्ने नेताको रूपमा लिन्थे । ती दिनमा त्रोत्स्की स्तालिनलाई ‘औसत मान्छे’ को रूपमा लिन्थे । एक अर्थमा यो सही पनि थियो । स्तालिन एक जना औसत मान्छे नै थिए । औसत मान्छे नै त राजनीतिको मूल विषय हो । तर, त्यस्तो राजनीति स्तालिन निकै कुशलतापूर्वक गर्थे जो औसतभन्दा धेरै माथि थियो ।
‘नेतृत्वको कला’, स्तालिनले एक सन्दर्भमा भनेका थिए, “निकै गम्भीर विषय हो । कोही पनि यो गतिमा पछि पर्नु हुन्न किनभने त्यसरी पछि पर्नु भनेको जनताबाट अलग हुनु हो । त्यसो भनेर फेरि दौडिहाल्नु पनि हुन्न । त्यसो गर्दा पनि जनताबाट अलग हुने खतरा हुन्छ ।” आफ्ना मित्रहरूलाई नेतृत्व कसरी गर्ने भन्ने कुरा भन्दै गर्दा उनले यी वाक्य सुनेका थिए । यी वाक्यहरू उनकै आदर्श वाक्य पनि थिए । आफ्ना आदर्शलाई उनी निकै कुशलतापूर्वक व्यवहारमा अनुवाद गर्थे । …
सोभियत संविधान आयोगका अध्यक्षको रुपमा सारा सोभियत जनताका नेता बनी पहिलो पटक देखापर्नु स्तालिनको सबभन्दा महत्वपूर्ण समय थियो । उनले समाजवादी राज्यसत्ताको नयाँ संविधान पेश गरेका थिए । संविधान आयोगमा एकतीस जना सोभियत सङ्घकै सबभन्दा सक्षम इतिहासकार, अर्थशास्त्री र राजनीतिशास्त्रीहरू थिए । ‘संसारकै सबभन्दा प्रजातान्त्रिक संविधान’ बनाउन उनीहरू सबै कम्मरकसेर लागेका थिए । ‘जनताको इच्छा’ बुझ्न सबभन्दा प्रभावकारी संरचना प्रयोग गरेका थिए । आयोगसँग विगतमा सबै संविधानको अध्ययन गर्ने समय थियो । त्यो अवधिमा उनीहरूले संसारका विभिन्न थरी सरकारका साथै मजदुर र स्वयंसेवी समाजको विषयमा पनि अध्ययन गर्नु थियो । मिहिन अध्ययनपछि तयार गरिएको संविधानको मस्यौदामाथि सोभियत जनताले महिनौँ छलफल भए । ३ करोड ६५ लाख लाख जनता ५ लाखभन्दा बढी बैठकमा भएको छलफलमा भाग लिएका थिए । संविधान आयोगलाई छलफलमार्फत १ लाख ५४ हजार सुझाव पेश गरिएको थियो । स्तालित आफैंले दसाँै हजार मानिसका सुझाव अध्ययन गरेका थिए ।
कुनै पनि सोभियत पत्रिकाले कहिल्यै पनि स्तालिनको पारिवारिक जीवनबारे कुनै पनि समाचार प्रकाशित गरेन । राजनीतिक नेता होस् वा अरु कोही, पारिवारिक र निजी जीवन प्रकाशमा नल्याउने रुसी परम्परा नै हो । निजी जीवन र सार्वजनिक जीवनबीच नै मधुरो रेखा कोरिएको हुन्छ । स्तालिनको श्रीमतीको निधन हुँदा कालो सिमाना भएको श्रद्धाञ्जली सन्देशमा उनको नाम लेखिएको थियो । स्तालिनको नाम त्यहाँ कहीँ पनि उल्लेख थिएन । श्रीमतीका योगदान र विभिन्न सङ्गठनसँग उनको सम्बन्धबारे त्यसमा उल्लेख थियो । त्यसमा उनलाई ‘स्तालिनका मित्र र कमरेड’ भनी लेखिएको छ । तर, स्तालिनको श्रीमती भनी कहीं पनि उल्लेख थिएन । उनले स्तालिनसँग काम गरेको हुनसक्छ वा उनका कतिपय निर्णयमा उनको प्रभाव पनि होला । त्यो सार्वजनिक चासोको विषय हो । स्तालिनसँग उनको विवाह भने निजी मामिला थियो । केही समयपछि स्तालिनले अर्को विवाह गरेको थाहा भयो । तर, कुनै पनि पत्रपत्रिकाले त्यो कुरा उल्लेख गरेको थिएन ।
अनुवाद ः नीरज
Leave a Reply